काठमाडौं, ६ पौष २०७७ । नेपाली जनताको बैधानिक र प्रतिनिधिमुलक सस्था ‘संसद बिघटन’ विरुद्ध नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा “बिरोध प्रदर्शन” गरेको छ
असंवैधानिक कदम -खारेज गर, सर्बसत्ताबादी ओलि सरकार- मुर्दाबाद , ओलि -विद्याको प्रतिगामी कदम मुर्दाबाद लगाएत नारा सहितको र्याली पछिको कोण सभालाइ नेपाल विद्यार्थी संघका अध्यक्ष राजिब ढुङ्गाना,महामन्त्री हरु बलदेव तिमल्सिना,उर्मिला थपलिया,दिपक भट्टराई,युबराज पाण्डे, लगाएत नेतहरुले सम्बोधन गरेका थिए ।
अध्यक्ष ढुङ्गानाले नेकपा सरकारले लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल हुनेगरी गरेको संसद विघटन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्र भएको बताए ।
सभाला सम्बोधन गर्दै महामन्त्री बलदेव तिमल्सिनले विगतको निर्वाचनमा स्थिरता, शान्ति र संमृद्धिको नारा दिएर झन्डै दुई तिहाई जनमत प्राप्त गरेको वर्तमान सरकारले जनताबाट प्राप्त जनादेशको अपमान गरेको र कोभिड—१९ को माहामारीले जनता सर्वाधिक पिडामा रहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीको सरकार जनताका जन–जिवीका र सुविधाका विषयबाट विमुख र निरपेक्ष हुदै, आफ्नो पद र शाक्तिका लागि सत्ता संघर्षमा आशक्त रहनु अत्यन्त दु:खद बिषय भएको बताए ।
मुलुकमा उत्पन्न यो असहज परिस्थितिमा नेपाली जनता सामु नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन व्यवस्था र संविधानको संरक्षणका निम्ति सशक्त प्रतिबाद गर्न पनि महामन्त्री तिमल्सिनाले अपिल गरेका छन ।
नेपाल विद्यार्थी संघले केन्द्रीय समिति द्वारा काठमाण्डौमा आयोजित बिरोध प्रदर्शन र संघको आह्वानमा देशैभरी सम्पन्न बिरोध प्रदर्शनमा उल्लेख्य सहभागिता प्रति धन्यवाद व्यक्त गर्दै सर्बसत्ताबादी सरकारको प्रतिगामी कदमका बिरुद्ध सशक्त प्रतिरोध र प्रदर्शनलाई निरंतरता दिने महामन्त्री युबराज पाण्डेले बताए ।








































