काठमाडौं, आइतबार, ५ पौष २०७७ । नारी स्रष्टा सुनिता बस्नेतको ‘जित्छौ महामारी ‘गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा सॅगीत लोकप्रिय सॅगीतकार राज कुमार बगरले दिनु भएको छ भने कमल सौरागको एरेन्जमेट रहेको छ ।
उक्त गीत त्रिबेणी डिजिटलमा रेकर्ड गरिएको थियो ।
नर्स एवं साहित्यकार सुनिता बस्नेतको शब्द रचना र परिकल्पनामा लोकप्रिय ख्याति प्राप्त कालाकार आनन्द कार्की र नर्स एवं गायिका मिना कार्कीको स्वरमा ‘जित्छौं महामारी’ गीत हिजो ओएस्आर ट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।
गीतको सार्वजनिकिकरण डिसी नेपाल डटकम र रेडियो हिमालयले बरिष्ठ कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यमा प्रतिष्ठित कलाकार, साहित्यकार एवं सर्जकको शुभकामना आदानप्रदान सहित सार्वजनिक गरेको थियो ।
बरिष्ठ कलाकार कृष्ण मल्ल, शर्मिला मल्ल, साहित्यकार प्रभात दिक्षित, ज्ञानेन्द्र गदाल, बरिष्ठ गायक आनन्द कार्की, हास्य कलाकार नारायण त्रिपाठी, डा. गहेन्द्र, गीतका डाइरेक्टर, सम्पादक एवं छायॅाकार विरेन्द्र भाट ‘विपिन’ को उपस्थिति रहेको सो सार्वजनिकिकरण कार्यक्रम ‘नुन चिनी पानी’ हास्य कार्यक्रमका संचालक अर्जुन दाहालले संचालन गर्नु भएको थियो ।
टेक्ससका स्थानिय स्वास्थकर्मी डा शर्मिला श्रेष्ठ, डा. पुजा शेंजु, डा. रोजी राज भण्डारी, महामारी विशेषज्ञ डा. प्रकाश श्रेष्ठको वास्तविक जीवनको भिडियो क्लिप्स साथै लोकप्रिय समाजसेवी नर्सहरु सबिना रावल र अन्जु खरेल बन्जाडेले नर्सकै पहिरनमा नृत्य गरेका छन् ।
त्यस्तै नेपालका बरिष्ठ चिकित्सक, साहित्यकार एवं कलाकार डा. भोला रिजालको दृढ अठोट सहितको अभिनय रहेको छ। नेपालका चिकित्सक डा. राजेन्द्र खनाल, डा. अब्दु्ला, डा. यादव एवं अन्य स्वाश्थ्यकर्मीको एकल अनि सामुहिक छायांकन रहेको यो गीत स्वाश्थ्यकर्मी, कलाकारहरु एवं साहित्यिक ब्यक्तित्वको निकट परामर्श सहित महामारी लड्नको लागि उर्जा सिद्द हुने देखिन्छ ।








































