Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:५७:४७ बिहान
- ADVERTISEMENT -

उद्यमी वन्दै पुर्व लडाकु

प्रकाशित मिति: २०७७ पुस ५, आइतबार

692
Shares

गोरखा, आइतबार, ५ पौष २०७७ । गोरखामा एक पुर्व लडाकु उद्यमी वनेका छन् ।

एकिकरण कृषि फार्म तथा अनुसन्धान केन्द्र गोरखा स्थापना गरि उनी कृषि कर्ममा लागेका हुन् । लामो समय माओवादी आन्दोलनमा होमिएका तोप वहादुर खड्का २०५८ सालमा १६ वर्षकै उमेरमा माओवादीमा भुमीगत भए ।

माओवादी छापामारवाट सुरु गरेको उनको राजनीतिक यात्रा जनमुक्ति सेना हुदै शान्ति संझौता पछि धेरै जनमुक्तिहरु क्यान्टोनमेन्टमा वसे । तर पाटीकै निर्णयअनुसार केही जनमुक्तिसेनालाई राजनीति कामको लागि वाइसिएल गठन गरियो र उनी पनि शान्ति संझौता पछि वाइसिएलको रुपमा काम गरे । तत्कालिन गोरखा माओवादीको जिल्ला सदस्य, वाइसिएलको सचिवालय सदस्य भई काम गरेका तोप वहादुर पार्टीमा देखिएको राजनीतिक विचलसंगै कामको लागि खाडी गए ।

सुरुकोे ३ वर्षको कतार यात्रामा खासै कमाई भएन । उनी नेपाल फर्की फेरी अर्को कामको लागि कतार गए । गएको ६ महिनामै कम्पनी वन्द भए पछि उनी कतारमै वाख्रा पालनको लागि गए । करिव २ वर्षको भिजा अवधि भएता पनि २ वर्ष सम्म खासै कमाई भएन । उनी त्यही एक जना पाकिस्तानी साहुको वाख्रा फार्ममा गैर कानुनी रुपमा ठेक्कामा काम गरि केही रकम घरमा पनि पठाए । करिव २ वर्ष गैर कानुनी रुपमा वसेका उनले घर खर्च र घर आउने रकमको जोहो गरि २०७१ तिर नेपाल फर्किए ।

स्वदेश फर्किए पछि केही व्यावसाय गर्ने मन गरि विभिन्न व्यावसायिक तालिमहरु लिए । अगुवा किसान भई गाँउमा केही कामहरु पनि गरे । भुकम्प पछि उनले गाँउमै घुम्ती डकर्मीको काम पनि पाए । तर १ वर्षमा जागिर गयो । गाँउमै पशुपालनको लागि सोच वनाएको तोप वहादुरको लागि एक्ले आँट आएन र भने जस्तो टिम पनि मिलेन । अन्तत उनले भुकम्प पछि काम गर्ने क्रममा जिनजान गएका साथीहरु मार्फत कृषि फार्मको योजना वनाई आफु त्यस कामको जिम्मा लिन सक्ने वताए पछि अहिले उनी फार्मको म्यानेजरको रुपमा कार्यरत छन् ।

२०५८ सालवाट उनी दैनिक १८ घण्टा काम गर्ने वानी परेको किशोर अहिले पनि उनको दैनिकी विहान ५ वजे वाट सुरु हुन्छ र रातको ११ वजे अन्त हुन्छ । करिव १५० भन्दा वढि वाख्रा, १० वंगुर, २००० माछा, २० घार मौरी, केही तरकारी खेती, लोकल कुखुर, ब्रोइलर कुखुरा, हाँसको हेरचाह, गर्नु उनको दैनिक जिम्मेवारी हो । ४ जना अन्य कर्मचारीहरुलाई काम लगाउनु, लेखाको हिसाव किताव, वजार व्यवस्थापन, अन्न आहार व्यवस्थापन, औषधोपचार, साना पाठा पाठीको स्याहारमै उनी रमाउछन् ।

कैयन पटक काम गर्दा गर्दै उनी खाना खान विर्सन्छन् । कामकै व्यवस्ताले विरलै मात्र उनी तातो चिया खान भ्याउछन् नत्र अधिकाँश समय त चिया सेलाई सकेको हुन्छ एक्कै पटकमा स्वाट पारेर सकाउने हो । उनको कामलाई सहयोग गर्न ४ जना अन्य कर्मचारीहरु राखेका छन् । दैनिक विभिन्न जिल्लावाट ५।७ जनाको संख्यामा उनको फार्मलाई अध्ययन गर्नको लागि मात्र मान्छे आउछन् ।

कृषि कर्ममा रमाएका तोप वहादुरले कृषिमै देशलाई आत्म निर्भर वनाउन सके मात्र पनि उनको अर्थमा वास्तविक क्रान्ति भएको संझन्छन् । हामीले त्यत्तिवेला गरेको राजनीतिक क्रान्ति थियो त्यो गणतन्त्रसंगै सफल भएको छ । अव हामीले देशलाई आर्थिक क्रान्ति नगर्ने हो भने राजनीतिक व्यवस्था परिवर्तन भएर मात्र केही अर्थ छैन । उनको फार्ममा अहिले उन्नत जातको वोयर वाख्रा, वोका पाठापाठी, वंगुर, मौरी र मह, लोकल कुखुरा, व्रोइलर कुखुरा, माछा पालन, हाँस, कडकनाथ कुखुरा, तरकारी खेतीहरु देख्न पाइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -