काठमाडौं, आइतबार, ५ पौष २०७७ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज भएको छलफलबाट यस्तो सहमति गरिएको हो ।
छलफलमा लोकतन्त्रको रक्षा, भ्रष्टाचार, कोभिड-१९ को विविध पक्ष, आर्थिक संकटलगायतका जनसरोकारका विषयमा संसदमा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने समझदारी पनि भएकाे छ ।
छलफलमा कांग्रेसको तर्फबाट पार्टी नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरू मीनेन्द्रप्रसाद रिजाल र रमेश लेखक उपस्थित थिए । जसपाका तर्फबाट नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई र राजेन्द्र महतो उपस्थित थिए ।








































