गोरखा, शनिबार, ४ पुस २०७७ । गोरखा ताकु र स्वाराका गरि दर्जनौ युवाहरू नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन । स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीले जित हाँसिल गरेको बारपाक सुलिकोटका युवा काँ”ग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काङ्ग्रेस बारपाक सुलिकोट ३ स्वारा काठमाडौं सम्पर्क समितिद्वारा आयोजित कर्यक्रममा ताकु र स्वाराका गरि ४५ जना भन्दा बढी स्थानीय युवाहरू नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका हुन ।

उहॉंहरूलाई नेपाली कांग्रेसमा स्वागत गर्दै बिकास निर्माण लगायतका कार्यमा सहयोग गर्दै संगै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्दै काँ’ग्रेस प्रवेश गर्नेलाई काँ’ग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रवक्ता एवम् गोरखा क्षेत्र नं २ प्रदेश (ख) का सांसद प्रकाशचन्द्र दवाडीले माला र सदस्यता दिएर पार्टी प्रवेश गराउनु भएको थियो । जनताको मनभित्र गुम्सिएर बसेका धेरै कुरा सुन्ने र समाधान गर्ने प्रयास गर्ने प्रतिबद्धता समेत उहाले ब्य्क्त गर्नु भएको छ ।

त्यसैगरी, सांसद प्रकाशचन्द्र दवाडीले उहॉंहरूलाई नेपाली कांग्रेसमा स्वागत गर्दै बिकास निर्माण लगायतका कार्यमा सहयोग गर्दै संगै अघि बढ्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।









































