काठमाडौं, शुक्रबार, ३ पौष २०७७ । विगत एकहप्तादेखि राजधानीमा जारी उखु किसानको आन्दोलनमा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले ऐक्यवद्धता जनाएका छन् ।
किसानहरुले प्रदर्शन गरिरहेको माइतीघरमा पुगेर नेता पौडेलले आफू किसानहरुको आन्दोलनसँगै रहेको बताएका छन्। उनले कांग्रेस किसानको पार्टी र मजदुरको साथी बताउदै आफनो पूर्ण ऐक्यबद्धता जनाएका हुन् । उनले किसानलाई दुःख नदिई ठगी गर्नेलाई कारबाही गर्न सरकारसँग माग समेत गरे ।
विभिन्न चिनी उद्योगहरुले किसानलाई २०७३ सालदेखिको पैसा दिएका छैनन्। किसानका अनुसार अन्नपूर्ण सुगर मिल्सले १७ करोड, श्रीराम सुगरले २६ करोड, लुम्बिनी सुगर मिल्सले ८ करोड ४१ लाख र इन्दिरा सुगर मिल्सले ४ करोड ७० लाख तिर्न बाँँकी छ । उनीहरु विगत पाँँच दिनदेखी माइतिघर मण्डलामा प्रदर्शन गरीरहेका छन् ।








































