Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१४:५७ बिहान
- ADVERTISEMENT -

कार्यक्रम “ऐना” ने का प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चालन गर्ने

प्रकाशित मिति: २०७७ पुस २, बिहीबार

699
Shares

काठमाडौँ, बिहिबार, २ पौष २०७७ । द होराइजन मल्टिमिडियाद्वारा निर्माण गर्ने सामाजिक विषयवस्तुमाथिको टेलिभिजन कार्यक्रम “ऐना” यही माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ ।

काठमाडौंमा आज बिहिबार पत्रकार सम्मेलन मार्फत् कार्यक्रम “ऐना” विश्वप्रकाश शर्माले सञ्चालन गर्ने जानकारी दिइएको हो । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका शर्माले सञ्चालन गर्ने कार्यक्रम “ऐना” २६ अंकको रहनेछ । एक घण्टा समायवधिको कार्यक्रम “ऐना” कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे प्रसारण हुनेछ ।

पत्रकार सम्मेलनमा कार्यक्रम “ऐना” को शीर्ष गीत समेत सार्वजनिक गरिएको थियो । देशका अधिकांश भू-भागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको गीतमा मानवीय संवेदना र प्राकृतिक सुन्दरतालाई समेटिएको छ । चर्चित कवि श्रवण मुकारुङले रचना गर्नु भएको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र मोहित मुनालको संगीत रहेको छ ।

पत्रकार सम्मेलनमा कार्यक्रम “ऐना” ले समेट्ने विषयलाई छोएर शिल्पी थिएटरको समूहले नाटक समेत मञ्चन गरेको थियो । कार्यक्रम “ऐना” का प्रोजेक्ट हेड राधाकृष्ण धितालले राजनीतिक व्यक्तित्वलाई सामाजिक र मानवीय मुद्दामा जोड्नुका साथै समाजका विविध घटनासँग प्रत्यक्ष साक्षात्कार गराउन पनि विश्वप्रकाश शर्मालाई कार्यक्रम प्रस्तोताका रुपमा आग्रह गरिएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रस्तोता विश्व प्रकाश शर्माले समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुने गरी तयार भइरहेको कार्यक्रम ऐनाको हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताउनु भयो । शर्माले सामाजिक मुद्दाका सवालमा देशमा दुईवटा चित्र रहेको र त्यसलाई ऐनाले छर्लङ्ग देखाउनेमा आशावादी रहेको बताउनु भयो । देश विकासको कुरा गर्दा भौतिक बिकास र व्यवस्थामा परिवर्तन आउने तर समाजका मुद्दा ज्यूकात्यूँ रहने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिनु भयो ।

साथै, उहाँले आफू राजनीतिक जिम्मेवारीको हैसियतले कतिपय सवालमा जवाफ दिनुपर्ने ठाउँमा रहे पनि यो कार्यक्रम मार्फत् समाजका विविध सवालमा प्रश्न गर्न आइपुगेको औंल्याउनु भयो ।

उक्त कार्यक्रमको मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गरेको छ भने सह-प्रायोजनमा चौधरी फाउन्डेसन र आइएनजी ग्रुप छन् । पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ महेशप्रसाद ढकालले सामाजिक विषयलाई गहन अध्ययन गरेर तयार हुने कार्यक्रम “ऐना” को मुख्य प्रायोजक हुन पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले आगामी दिनमा पनि यस्ता गम्भीर कार्यक्रमहरुमा बैंकको साथ र सहयोग जारी रहने जानकारी दिनुभयो ।

त्यसैगरी, चौधरी फाउन्डेसनकी डेपुटी जेनरल म्यानेर मेरिना रञ्जितले कार्यक्रम ऐनाले समाजलाई उज्यालोतर्फ लैजानेमा आशावादी रहेको बताउनु भयो ।

समाजमा भइरहेका अमानवीय घटना, विभेद, अन्याय, अपराध, अपमान, असावधानी, रुढीवादी परम्परा-सोच आदिले किन मान्छेलाई मान्छे बन्न दिइरहेको छैनरु के हो त्यसको जडरु देशका विभिन्न स्थानमा घटनास्थलमै पुगी र पीडित वा सरोकारवालाहरुलाई भेटेर तथा स्टुडियोमा छलफल गरेर यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम “ऐना” ले गर्नेछ ।

कार्यक्रम “ऐना” को निर्देशन अमनप्रताप अधिकारी, कार्यक्रमको प्रोड्युसर जनक पौडेल, अनुसन्धान प्रमुख प्रकाश लामिछाने र स्क्रिप्ट राइटर आन्विका गिरि हुनुहुन्छ ।

त्यसैगरी, कार्यक्रमको अनुसन्धान टिममा भानु बोखिम, महाविर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल रहनु भएको छ । कार्यक्रम ऐनाको स्टुडियो बालाजुस्थित नेपाल चलचित्र बोर्डको हलमा तयार भएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -