Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:२०:०५ बिहान
- ADVERTISEMENT -

संवैधानिक परिषद र मन्त्रिपरिषद् बैठक बस्दै

प्रकाशित मिति: २०७७ पुस २, बिहीबार

929
Shares

काठमाडौं, बिहिबार, २ पौष २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे संवैधानिक परिषदको बैठक बोलाउनुभएको छ । अपरान्ह बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको परिषदका सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

गत मंगलबार नयाँ अध्यादेश जारी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएपछि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति बनेको बताइएको छ । परिषदका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्थाअनुरुप बैठक बोलाउनुभएको बताइएको छ ।

यद्यपि बैठकबारे सभामुख अग्नीप्रसाद सापकोटालाई यो समाचार तयार पार्दासम्म औपचारिक जानकारी नआएको उहाँका प्रेस विज्ञ श्रीधर न्योपानेले बताउनुभयो । “बैठक बस्दैछ भन्ने मिडियाबाट जानकारी प्राप्त भयो, तर औपचारिक खवर आएको छैन” उहाँले भन्नुभयो ।

परिषद्रमा ६ सदस्य रहने व्यवस्था छ । जसमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ । सो व्यवस्थाअनुसार गणपूरक संख्या पुग्न पाँच जनाको अनिवार्य सहभागिता आवश्यक पर्छ ।
तर राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा मंगलबार जारी गर्नुभएको अध्यादेशमा साविक सदस्यको बहुमत भएमा गणपूरक संख्या मानिने गरी संशोधन गरिएको छ । अध्यादेश अनुसार प्रधानमन्त्रीसहित तीन जनाको उपस्थिति भएमा गणपूरक संख्या मानिने व्यवस्था छ ।
यसैगरी आज साँझ ६ बजे मन्त्रिपरिषदको नियमित बैठक आव्हान गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारमा साँझ ६ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -