Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:४९ बिहान
- ADVERTISEMENT -

अकबरे खुर्सानीको माग अहिले बजारमा उच्च

प्रकाशित मिति: २०७७ मंसिर ३०, मंगलबार

709
Shares

इलाम, मंगलबार, ३० मङ्सिर २०७७ । किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्न थालेको अकबरे खुर्सानीको माग अहिले बजारमा उच्च छ ।

मौसम चिसो भएसँगै अकबरेको माग बढ्नु स्वाभाविक हो तर यो वर्ष किसानले लगाएको अकबरे खेती रोगले सखाप भएपछि उत्पादन कमी भएका कारण पनि माग उच्च भएको किसानको बुझाइ छ ।

यो वर्ष किसानको घरघरबाटै यो सिजनमा प्रतिकिलो ४८० रुपियाँदेखि पाँच सय रुपियाँ दरले अकबरे बिक्री भइरहेको छ ।
सूर्योदय नगरपालिका–१२, आठघरेका किसान मदन राईले त यो वर्ष प्रतिकिलो छ सय रुपियाँका दरले पनि अकबरे बिक्री गर्नुभएको छ । सात वर्षयता अकबरेको व्यावसायिक खेती गरिरहेका राईले उत्पादन गरेको अकबरेको माग त स्थानीय बजारदेखि विदेशमा समेत रहेको बताउनुभयो ।

राईले यो वर्ष दुई सय किलो अकबरे हङकङ पठाएको जानकारी दिनुभयो । भारत, अमेरिका, साउदी, कतार, मलेसिया र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे माग गर्ने गरेका छन् ।

राई भन्नुहुन्छ, “ती देशबाट आएको मागअनुसार हामीले अकबरे पठाउनै सक्दैनौँ । ” राईले पूर्ण अर्गानिक अकबरे उत्पादन गर्ने भएकाले पनि माग उच्च रहेको छ । १० हजार बोट अकबरे लगाएका राईले मङ्सिर बित्न लाग्दा पनि अझै अकबरे टिप्दै हुनुहुन्छ । तीन सय किलो अकबरे बिक्री गरिसकेका राई भन्नुहुन्छ, “विभिन्न मसला उद्योग र चाउचाउ उद्योगको माग धान्न पनि सकिँदैन । ”
राईसँग दाना अर्थात् अकबरेको बीउको माग पनि उत्तिकै छ । गत वर्ष प्रतिकिलो २५ हजार रुपियाँका दरले सात किलो दाना बियाँ गरेका राईले यो वर्ष पनि बीउको तयारी गरिरहेको बताउनुभयो ।

धेरै किसानको खुर्सानी बगान नै सखाप हुँदा पनि रोग देखा नपरेकाले उत्पादन राम्रो भएको राईले बताउनुभयो । अकबरे रोप्न राईको प्रविधि अलि फरक छ । प्लास्टिक टनेलभित्र अकबरे खेती गरेका राईले हुस्सुबाट जोगाउन सक्दा उत्पादन राम्रो हुने बताउनुभयो । राईले आफ्नो खेतीमा विशेष गरी गाईको गोबरमल, गहुँत, निमको पिना, हड्डीको धुलो, आफैँले उत्पादन गरेको गड्यौले मल प्रयोग गरिरहनुभएको छ । दहीबाट घिउ निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्ने गरेको राई बताउनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -