Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
१०:५७:०३ बिहान
- ADVERTISEMENT -

जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् : प्रदीप पौडेल

प्रकाशित मिति: २०७७ मंसिर २९, सोमबार

569
Shares

कञ्‍चनपुर, सोमबार, २९ मङ्सिर २०७७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले जनताले फालेको राजतन्त्र ल्याएर जनता सम्मानित नहुने बताएका छन् ।

कांग्रेस कञ्चनपुरले सोमबार सदरमुकाम हेन्द्रनगरमा आयोजना गरेको सरकारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

“पछिल्लो समय राजतन्त्र ल्याउन सडकमा एकथरीको भीड लाग्ने गरेको छ,” उनले भने, “जनताले नै राजतन्त्र फालेका हुन् । फेरि राजतन्त्र ल्याएर जनता सम्मानित हुँदैनन् ।”

केन्द्रीय सदस्य पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारबाट जनतामाथि शोषण भइरहेको बताउँदै सरकारले जनताका लागि केही गर्न नसकेको दावी गरे । देशमा विभिन्न बहानामा भ्रष्ट्राचार मौलाएको बताउँदै उनले सरकार नै ओम्नी समूह र भ्रष्टाचारको काण्डमा मुछिएकाहरुलाई संरक्षणमा लागेको आरोप लगाए ।

नेता पौडेलले सरकारले अहिलेसम्म उपसभामुख चयन गर्नु नसक्नुले सरकारको चेतनाको स्तरलाई प्रष्ट पारेको टिप्पणी गरे । “विपक्षी दलको हुन्छ भनेर नेकपाले उपसभामुखको सिट खाली राखेको छ,” उनले भने, “त्यसले सरकारको चेतनाको स्तर कति छ भन्ने देखाउँछ ।”

विगतमा कांग्रेसले पनि गल्तीहरु गरेको स्वीकार गर्दै नेता पौडेलले वर्तमान अवस्थामा कांग्रेस नराम्रोहरु मध्येको राम्रो भएको बताए । उनले गल्ती तथा कमिकमजोरी सबैबाट हुने भन्दै आगामी दिनमा कांग्रेस सच्चिएर आउने दावी गरे ।

मुलुकमा थुप्रै समास्याहरु भएकाले सधै निराशावादी भएरमात्रै समास्याको समाधान नहुने नेता पौडेलको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -