Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:०९:१७ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहिबार बस्दै

प्रकाशित मिति: २०७७ मंसिर २५, बिहीबार

706
Shares

काठमाडौं, बिहिबार, २५ मङ्सिर २०७७ । नेपाली कांग्रेसले मंसिर २९ गते सरकाविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई व्यवस्थित गर्नेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ । कांग्रेसले सरकारविरुद्ध हुन गइरहेको देशव्यापी विरोध प्रदर्शनको रूपरेखा तय गर्न बिहीबार बिहानका लागि पदाधिकारी बैठक बोलाएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार बिहान नौ बजे पदाधिकारी बैठक बस्ने जानकारी दिनुभयो । ‘सरकाविरुद्ध हुन गइरहेको देशव्यापी आन्दोलनको कार्यक्रम र आन्तरिक विषयवस्तुका बारेमा छलफल गर्न बिहीबार पदाधिकारी बैठक बस्न लागेको हो,’ उहाँले भन्नुभयो, ‘अहिले अन्य विषयमा भन्दा पनि हामी २९ गतेको आन्दोलनलाई व्यवस्थित बनाउने, प्रभावकारी बनाउने विषयमा केन्द्रित हुन्छौं ।’

मंसिर १९ गते बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध ७७ वटै जिल्लाहरूमा मंसिर २९ गते विरोध प्रदर्शनको निर्णय गरेको थियो ।

तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक–पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड-१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता र अकर्मण्यता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ ।

पदाधिकारी बैठकले राष्ट्रिय रूपमा उठेका प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरूमा छलफल गर्न संघीय संसद्को बैठक बस्न अत्यावश्यक भएको भन्दै संसद् बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसँग माग पनि गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -