Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:५६ बिहान
- ADVERTISEMENT -

मंसिर २९ गते हुन गइरहेको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन मातहतलाई तरुण दलको निर्देशन

प्रकाशित मिति: २०७७ मंसिर २३, मंगलबार

555
Shares

काठमाडौं, मंगलबार, २३ मङ्सिर २०७७ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर २९ गते हुन गइरहेको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन मातहतलाई निर्देशन दिएको छ ।

तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले मंगलबार परिपत्र गरेर मातहतलाई माउ पार्टी काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनलाई सफल बनाउन निर्देशन दिएका हुन् । मंसिर १९ गते सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले मंसिर २९ गते सरकारविरुद्ध ७७ वटै जिल्लाहरुमा विरोध प्रदर्शनको निर्णय गरेको छ ।

अध्यक्ष बस्नेतले मंगलबार ७७ वटै जिल्लाका तरुण अध्यक्षलाई परिपत्र गर्दै भ्रष्ट र अधिनायकवादी ओली सरकारविरुद्ध सशक्त रुपमा सहभागी हुन निर्देशन दिए । विरोध प्रदर्शनलाई भव्य रुपमा सफल पार्न त्यस जिल्ला समितिले नेपाली काँग्रेस जिल्ला कार्यसमितिसँग समन्वय गरी आफू र आफु मातहतका सम्पूर्ण समितिहरूलाई कृयाशील र परिचालन गरि व्यापक सहभागिता गराउन परिपत्र उल्लेख छ ।

तनहुँमा गत मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड १९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिलाई विरोध प्रदर्शनको एजेण्डा बनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -