पोखरा, सोमबार, २२ मङ्सिर २०७७ । लोक सेवा आयोगको वेवसाइट ह्या’क गर्ने तीन जना प’क्राउ परेका छन् ।
साइबर ब्यू’रोले वेब साइड ह्या’क गरेर ९ हजार ४ सय भन्दा धेरै जनालाई फेक सूचना सम्प्रेषण गर्ने ३ जनालाई काठमाडौं र पोखराबाट प’क्राउ गरिएको जनाएको छ ।
प’क्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–९ बस्ने २५ बर्षीय विवेक महर्जन, कास्की पोखरा महानगरपालिका छोरेपाटन बस्ने १७ वर्षीय किशोर र पोखरा घारीपाटन बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले बताउनु भयो ।








































