गोरखा, बिहिबार, १८ मङ्सिर २०७७ । गोरखामा नेकपा परित्याग गरी ५० जना नेपाली काँ’ग्रेसमा प्रबेश गरेका छन् । गोरखा नगरपालिका वडा न. १४ को कार्य समितिको आयोजनामा ५० जनालाई नेपाली कां’ग्रेसमा प्रबेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी नेपाली काँ’ग्रेस केन्द्रिय सदस्य एवंम निर्बतमान राष्ट्रिय सभा विपक्ष दलको नेता सुरेन्द्र पाण्डेले आज वडा १३ मा युवाहरु प्रविन थापा र काजी दराइ सहित ५० जना युवाहरुलाई पार्टी प्रवेश गराउनु भएको हो ।
साथै, उक्त कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजन राज पन्त, क्षेत्र न.२ का पार्टी सभापति गोबिन्द गुरुङ , नगर सभापति चन्दन खत्री , तरुण दल गोरखा अध्यक्ष काजी गुरुङ, उपाध्यक्ष मनोज देवकोटा, जिल्ला सदस्य बिनोद पन्त, सुरेन्द्र कुमाल, किरण आले, सुरज पन्तको उपस्थिति रहेको थियो ।

नेपाली काँ’गेस तरुण विभाग केन्द्रिय सदस्य धुर्ब पन्तको पहलमा युवाहरुलाई नेपाली कां’ग्रेसमा प्रवेश गराउनु भएको हो ।








































