काठमाडौं, बिहिबार, १९ मङ्सिर २०७७ । प्रह’री नि’यन्त्रणमा रहेका कां’ग्रेस नेता रामचन्द्र पौडेल रि’हा भएका छन् । तनहुँमा बुधबार दिउँसो कार्य’कर्तासहित नियन्त्रणमा लिइएका नेता पौडेललाई रि’हा गरिएको हो ।
रि’हा भएपछि नेता पौडेलले लो’कतन्त्र अपमा’नित भएको बताएका छन् । “आज जे भइरहेको छ । यसको देशभर विरोध भइरहेको छ,” उनले कार्यकर्ता र सञ्चारकर्मीहरुलाई संबोधन गर्दै भनेका छन् । उनले आफूलाई लाठीले पेलेर बोल्नै नसक्ने बनाएको जानकारी दिएका छन् ।
वरिष्ठ नेता पौडेलसँगै कां’ग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पुलको उद्घाटन गर्न जाने क्रममा तालघारीबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको थियो । पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो । पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका थिए ।
झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषे’धाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषे’धाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै नि’षेधाज्ञा जारी गरेको बताएका थिए ।
व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कां’ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो ।
पौडेल पक्राउ परेपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।








































