Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०४:४५ बिहान
- ADVERTISEMENT -

गोरखाको गण्डकी गाउँपालिका ६ मा चेपाङ विद्यार्थीहरुलाई स्टेशनरी तथा खाजा सहयोग

प्रकाशित मिति: २०७७ मंसिर १५, सोमबार

629
Shares

गोरखा, १५ मन्सिर २०७७ / गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ६ भुम्लीचोक स्थित भद्रकाली मा.वि. र थुम्का प्रा.वि. का १ सय ३८ जना चेपाङ विद्यार्थीहरुलाई १ लाख ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खाजा सहयोग गरिएको छ । 

भद्रकाली मा.वि. का ५० जना थुम्का प्रा.वि. का ८८ जना चेपाङ विद्यार्थीलाई कापी, कलम, ज्यामिती बक्स, बिस्कुट लगायतका सामग्रीहरु सहयोग गरिएको हो ।

काठमाडौं महानगर -३, महाराजगन्ज, मनिकुल टोल  घर भई विगत लामो समयदेखि ताइपेइ ताइवानमा बस्दै आउनुभएका रोहित श्रेष्ठ  तथा आरुघाट गाउँपालिका वडा नं. ५ अल्काटार स्थायी घर भई हाल हङ्गकङ्गमा बस्दै आउनुभएका आकाश बञ्जारा (सफल व्यवसायी) र गण्डकी गाउँपालिका वडा नं. ५, दर्बुङ घर भई हाल जापानमा रहनुभएका बिराट बाबु खनालले सो सहयोग उपलब्ध गराउनु भएको हो ।

ताइपेइ ताइवान निवासी रोहित श्रेष्ठले सो सामग्री सहयोग गर्नको लागि रु. १ लाख रुपैया तथा आकाश बञ्जारा तथा बिराट बाबु खनालले रु. ५० हजार रुपैया सहयोग उपलब्ध गराउनु भएको थियो । रोहित ताइपेइ ताइवानका सफल ह्यान्डीक्राफ्ट ब्यबसायी एवं मेडिटेसन तथा साउण्ड थेरापीका मास्टर समेत हुनुहुन्छ । 

उहाँले सो सहयोग रकम काठमाडौं निवासी आमा कमला श्रेष्ठ मार्फत स्वर्गीय बुबा रामकुमार श्रेष्ठको पुण्य स्मृतिमा उपलब्ध गराउनु भएको हो । रोहित श्रेष्ठले बिपन्न चेपाङहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउदै आगामी दिनमा पनि बिपन्न र समस्यामा परेकाहरुको सहयोगमा आफू लाग्ने समेत बताउनु भयो । सो सहयोग कार्यक्रम ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष समेत रहेका आकाश बन्जारा र सचिब बिराटबाबु खनालले समन्वय गर्नु भएको थियो ।

भद्रकाली मा.वि. भुम्लीचोकमा आयोजित एक कार्यक्रमका बिच सो सामग्रीहरु विद्यार्थीहरुलाई प्रदान गरिएको थियो । सो विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष रिम्क गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर राना मगरले विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गर्नुभएको थियो । सो हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि राना मगरले चेपाङ विद्यार्थीको शैक्षिक विकासको लागि विदेशमा रहेर पनि गर्नुभएको सहयोग प्रति धन्यवाद व्यक्त गर्नुभएको थियो ।

उहाँले सहयोगीदाताहरु रोहित श्रेष्ठ, आकाश बञ्जारा तथा बिराट बाबु खनाललाई विपन्न चेपाङहरुको शैक्षिक उन्नतिको लागि पुर्याऊनु भएको योगदान प्रति  गाउँपालिकाले सधैँ प्रशंसा गर्ने समेत बताउनु भएको थियो । सोमबार आयोजित कार्यक्रममा सोही वडाका अध्यक्ष जीवन गुरुङ, विद्यालयका प्रधानाध्यापक नरेन्द्रराज तिमल्सिना, चेपाङ अभियन्ता केपीकिरण शर्मा, प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार शिशिर सिंखडा, समाजसेवी निलकण्ठ लामिछाने, देवेन्द्र भट्टराई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -