Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:४५ बिहान
- ADVERTISEMENT -

दाङकी चेली प्रेक्षा नेपाल स्टारको टप १० मा

प्रकाशित मिति: २०७७ मंसिर १५, सोमबार

817
Shares

काठमाडौं, १५ मन्सिर २०७७ / नेपाल टेलिभिजनले संचालन गरेको गायन प्रतियोगिता नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा लम्साल छनौट भएकी छिन् । उत्कृष्ट १० को लागि १५ जनाले प्रतिष्पर्धा गरेका थिए ।

नेपाल स्टारको उत्कृष्ट १० मा परेपछि उत्साहित भएकी प्रेक्षाले आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएकी छिन्। “मलाई टप १० मा पार्न भोट गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावहरुलाई धेरै धेरै धन्यवाद छ र आगामी प्रतिष्पर्धामा पनि यसरी नै भोट गरिदिन अनुरोध छ ।” प्रेक्षाले भनिन् ।

करिब १६ हजार प्रतिष्पर्धीहरुलाई उछिनेर प्रेक्षा उत्कृष्ट १० मा परेकी हुन् । आगामी शनिबारको श्रृङखलादेखि उनले उत्कृष्ट ९ को लागि प्रतिष्पर्धा गर्नेछिन् । अबको सबै श्रृङखलाको निर्णय भोटको आधारमा हुनेछ ।

दाङको घोराही १२ हापुरकी प्रेक्षा सामाजिक कार्य र अंग्रेजी विषयमा स्नातकको अन्तिम वर्षको पढाइमा छिन् । बाल्यकालदेखि नै कला, साहित्य र संगीतमा प्रेक्षाको विशेष रुचि थियो । 

हुने विरुवाको चिल्लो पात भनेझैं उनले बाल्यकालमै आफूलाई प्रतिभाशाली साबित गरिन् । कक्षा ४ मा पढ्दा (२०६५) उनले ठूलो पर्दाको चलचित्र ज्यानको बाजीको लागि गीत रेकर्ड गराएकी थिइन् । अहिलेसम्म उनले ८ गीत रेकर्ड गरेकी छिन् ।

छन्द कविता लेखन र वाचनमा प्रेक्षाले राष्ट्रियस्तरमा थुप्रै पुरस्कार जितेकी छिन् । काठमाडौंमा १० वर्षदेखि संगीत प्रशिक्षण लिइरहेकी उनी आफू पनि नागार्जुन भ्याली एकेडेमीमा संगीत सिकाउँछिन् ।

उनी सानै छँदा बुवा चेतनाथ लम्सालले अर्की श्रीमती विहे गरेपछि उनलाई आमा मिरा लम्सालले एक्लै हुर्काएकी हुन्।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -