Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:३२:१३ बिहान
- ADVERTISEMENT -

ठूला आयोजना पनि धमाधम निर्माण कार्य जारी

प्रकाशित मिति: २०७७ मंसिर १५, सोमबार

656
Shares

बुटवल, सोमबार, १५ मंसिर २०७७ ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । निर्माणको गति जारी रहँदा एकपछि अर्का ठूला आयोजना थपिने क्रम पनि जारी छ ।

पछिल्लो पटक, यो साता सुुरु भएका महìवाकाङ्क्षी ठूला आयोजना हुन्–तिनाउ दानव करिडोर र झुम्सा खानेपानी आयोजना ।

दुवै आयोजनाको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गर्नुभएको हो । यसअघि रुपन्देहीमा बुटवल बेलहिया छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल, बुटवल–नारायणघाट सडक, भैरहवा–लुम्बिनी–तौलिहवा सडक, बेलबास–बेथरी सडक, बुटवल कृषि उपज केन्द्र, मोतीपुर औद्योगिक क्षेत्रजस्ता अर्बौैं रुपियाँ लगानीका आयोजनाहरू निर्माण भइरहेका छन् ।

सङ्घीय बजेटका यस्ता आयोजनासँंगै प्रदेश र स्थानीय तहबाट पनि कयौँ विकास निर्माणका योजना सञ्चालनमा छन् ।

अर्थमन्त्री पौडेल भन्नुहुन्छ, “बुटवल–पश्चिम धानखोला सडक, बुटवल–पोखरा सडक विस्तार लगायतका थप आयोजना पनि थपिने छन् । बजेटको प्रबन्ध भइरहेको छ । स्रोतको अभाव हुनेछैन् ।” उहाँका भनाइमा बहुप्रतिक्षित सिद्धबाबा सुरुङ मार्गको काम पनि छिट्टै अगाडि बढ्नेछ ।

पछिल्लो पटक सुरु भएको तिनाउ दानव करिडोर चार अर्ब १३ करोडमा बन्न लागेको हो । नेपालले अङ्ग्रेज सेनालाई हराएको बुटवलको जितगढी किल्ला नजिक भएर भारतीय सीमा मर्चवार पुग्ने यो करिडोर ५० किलोमिटरको हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -