काठमाडौँ, सोमबार, ८ मङ्सिर २०७७ । गायक कस्तुप पन्तको नयाँ गीत ‘जिन्दगी घाम छायाँ’ सार्वजनिक भएको छ ।
उक्त गीत गायनमा पन्तलाई कमला पोखरेलले साथ दिएकी छन् । प्रकाश पौडेलको शब्द, गायक पन्तकै संगीत रहेको गीतमा संगीत संयोजन कमल सरगमले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा आशिर प्रताव जंग र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र कपिल लामाको निर्देशन छ ।
भिडियो








































