पोखरा, सोमबार, ८ मङ्सिर २०७७ । पोखरामा प्याराग्लाइडिङ दु’र्घटना हुँदा पाइलटको मृ’त्यु भएको छ ।
आज सोमबार दिउँसो भएको दु’र्घटनामा पोखरा-२८, कालिका घरभई लेकसाइड बस्दै आएका ३८ वर्षीय पाइलट राजु गैरे नेपालीको मृ’त्यु भएको हो । ल्यान्ड गर्ने क्रममा गम्भीर घा’इते भएका नेपालीलाई उपचारको लागि मेट्रो सिटी अस्पतालमा पुर्याउँदा मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
साथै, प्याराग्लाइडिङ दु’र्घटनामा यात्रु काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२की २८ वर्षीया शीला श्रेष्ठ गम्भीर घा’इते भएकी छिन् । उनको दाहिने हात र टाउकोमा चोट लागेको अवस्थामा उद्धार गरी मेट्रोसिटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।









































