काभ्रे, बुधबार, ४ मङ्सिर २०७७। काभ्रेमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरी २०० भन्द बढी नेपाली कां’ग्रेसमा प्रवेश गरेका छन् ।

दुई तिहाइको कम्युनिस्ट सरकार जनताका लागिभन्दा आफ्नो स्वार्थपूर्तिमा लागेको भन्दै उनीहरूले पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कां’ग्रेस रोशी गाउँपालिका वडा नम्बर ४ साबिकको महादेवटारमा एक कार्यक्रमका बिचमा पार्टी प्रबेश गरेका हुन् ।

नवप्रवेशिहरुलाई नेपाली कां’ग्रेस रोशी गाउँपालिका वडा नम्बर ४ साबिकको महादेवटार गाविसद्वारा आयोजित चियापान तथा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, विशेष अतिथी नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्य, प्रदेश सभा( ख) पुर्व उम्मेदवार तथा महसमिती सदस्य गणेश लामा, प्रतिनिधि सभा काभ्रे-१ का सभापति एवं पूर्व सांसद विकासप्रेमि युवा नेता तिर्थ लामा लगायत अन्य अतिथिले खादा र टीका लगाइ नवप्रवेशहरूलाई स्वागत गरेका थिए ।








































