सर्लाही, बुधबार, ३ मङ्सिर २०७७ । सर्लाहीमा दुई हजार नेकपाका कार्यकर्ता कां’ग्रेसमा प्रवेश गरेका छन् ।
अहिले सर्लाही क्षेत्रको नं ४ मा दैनिक जसो नेकपा परित्याग गरि काँ’ग्रेस प्रवेश गर्ने बढिरहेका नेपाली कां’ग्रेसको दाबी रहेको रहेको छ । नेकपा विवाद र क्षेत्र नं ४ मा भईरहेको विकासका गतिविधिले पनि प्रवेश गर्नेलाई आकर्षण गरेको हुनसक्ने जानकारको अनुमान छ ।
नेकपाभित्र विवाद बढ्दै गएपछि त्यसको प्रभाव सर्लाही लगायत देशैभर पर्न थालेको छ । पछिल्लो समय नेपाली कां’ग्रेसको उर्वर भूमि मानिने सर्लाहीमा पनि त्यसको प्रभाव देखिन थालेको हो ।
अहिले दिनहुँजसो आफ्नो कामनै पार्टी प्रवेश गराउने हुन थालेको प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहको भनाइ छ । पछिल्लो दुईसातामा मात्र सर्लाही क्षेत्र नं ४ मा २ हजार भन्दा बढी नेकपा र जसपाका कार्यकर्ता आफ्ने पार्टीमा आएको सांसद् सिंहको दाबी छ । यसरी आउनेमा नेकपाका कार्यकर्ता बढी छन् ।
गएको स्थानीय तहको निर्वाचना ७ स्थानीय तह मध्य ४ स्थानीय तहमा कां’ग्रेसले बाजी मारेको भए पनि आउने निर्वानमा ७ वटै स्थनीय तहमा आफुहरुले विजय हासिल गर्ने अर्का कां’ग्रेस नेता एवं प्रदेश सांसद् उपेन्द्रप्रसाद कुशवाहले जानकारी दिए । अहिले क्षेत्र नं ४ मा नेपाली काँ’ग्रेसले १ संघिय सहित प्रदेशको २ वटै स्थानको प्रतिनिधित्व गरेको छ ।








































