गोरखा, कातिक २०७७ | बारपाक–सुलिकोट गाउँपालिका वडा नं २ मा नेकपा बाट १६० जना कांग्रेस मा प्रबेश गरेका छन ।
काँग्रेसमा प्रवेश गरेका युवालाई प्रमुख अतिथि एवम् सोही क्षेत्रका प्रदेशसभा सदस्य, काँग्रेसका युवा नेता प्रकाशचन्द्र दवाडीले माला र खादा ओढाएर प्रवेश गराउनु भएको हो ।
प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रदेशसभा सदस्य दवाडीले वर्तमान सरकारले जनताको इच्छा र आकांक्षालाई पुरा गर्न नसकेकाले सरकारप्रति जनतामा निराश छाएको बताउनुभयो । उहाँले नवप्रवेशीलाई विकाश निर्माणका कार्यमा सहयोग गर्दै सङ्गसँगै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा बारपाक–सुलिकोट वडा नं २ को मान्द्रे, दुम्सी, पोखरी, स्नान, अलगाउँ, थलिडाँडालगायतका युवा काँग्रेस प्रवेश गरेका थिए ।
स्थानीय निर्वाचनमा गोरखाका ११ स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमात्र जितेको नेकपाले बारपाक–सुलिकोट गाउँपालिका जितेको थियो । गोरखा क्षेत्र नं २ मा रहेको उक्त गाउँपालिका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको निर्वाचन क्षेत्र हो ।








































