- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

झुट्टा मुद्दामा पक्राउ ने वि संघका नेता रिहा

November 10, 2020
643
Shares
- ADVERTISEMENT -

काठमाडौँ, मंगलबार, २५ कात्तिक २०७७ । झुट्टा मुद्दामा पक्राउ ने वि संघका नेता रिहा भएका छन् । प्रहरीद्वारा झुट्टा मुद्दा लगाएर फसाउने योजना स्वरुप पक्राउ गरिएका ने वि संघ शंकरदेव क्याम्पसका नेता दिपक ओझा रिहा भएका छन् । जिल्ला अदालत काठमाडाैंकाे आदेशपछि उनी रिहा भएका हुन् ।

त्रिभुवन विश्वविद्यालयका समाजशास्त्रका उप प्राध्यापक प्रेम चलाउनेमाथि भएकाे आक्रमणमा संलग्न भएकाे अभियाेगमा दिपकलाई प्रहरीले पक्राउ गरेकाे थियाे ।

- ADVERTISEMENT -

Advertisement

उक्त घटना हुँदा उनी कैलालीस्थित घरमा थिए । दशैं मनाउन घर गएका उनलाई घरबाटै पक्राउ गरिएकाे थियाे । घटनामा संलग्नता नदेखिएपछि दिपक ओझालाई जिल्ला अदालतले रिहा गरेकाे हाे । कात्तिक १३ मा उनलाई पक्राउ गरिएकाेे थियो ।

आन्दोलनको क्रममा नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयमा लगाएको ताला फोर्ने नेकपा समर्थित उप प्राद्यापक प्रेम चलाउने माथी असोज २० गते किर्तिपुरमा भएको कुटपिटको आरोप नेबिसंघ लाई लगाइएको थियो भने संघले पटकपटक उक्त घटनामा आफ्नो सम्लग्नता नभएको प्रष्ट्याएको छ । नेता ओझा असोज १७ गते नै काठमाण्डौ बाट कैलाली गएका थिए ।

- ADVERTISEMENT -

Advertisement

सोही आरोपमा पक्राउ परेका ने बि संघ नेताहरू रुपेश शाह र रबिन लामा पनि काठमाडौं जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भैसकेका छन् । पक्राउ गरि हिरासतमा राखिएका संघका नेताहरुलाइ महानगरीय प्रहरी परिशर काठमाडौंका प्रमुख एसएसपि श्याम ग्यवालीको नेतृत्वमा चरम शारीरिक र मानसिक यातना दिएकोले सो बिरुद्ध यातना क्षेतिपुर्ती सम्बन्धि उजुरी गरिने रिहा भएका नेताहरुले बताएका छन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com