- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन

November 9, 2020
408
Shares
- ADVERTISEMENT -

काठमाडौँ, सोमबार, २४ कात्तिक २०७७ । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न संसदीय समितिको निर्देशन दिएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेखी औपचारिक नाम ‘नेपाल’ मात्रै राख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको हो ।

आज सोमबार बसेको समितिको बैठकमा सभापति शशी श्रेष्ठले मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले गरेको उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएकी हुन् । ‘मन्त्रिपरिषद्को असोज ११ गतेको निर्णयमा नै मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको स्पष्ट भएकाले उक्त कुरा सच्याएर नेपाल मात्रै राख्ने भन्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिन्छ । नाम परिवर्तन गर्नुपर्ने भएमा संसद्‍मा प्रस्ताव ल्याउन पनि निर्देशन दिइन्छ ।’ उनले भनिन् ।

- ADVERTISEMENT -

Advertisement

आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सहभागी थिए । उनले मुलुकको औपचारिक नाम कसैले संघीय लोकतान्त्रिक गणतन्त्र लेख्ने र कसैले नेपाल मात्रै लेख्ने गरेको र देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको कारण देखाउँदै ‘नेपाल’ मात्रै लेख्ने निर्णय भएको स्पष्टीकरण दिएका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com