- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

प्रथम भेलाद्वारा तरुण दल इच्छाकामना अध्यक्षमा जीवन सिलवाल

November 9, 2020
718
Shares
- ADVERTISEMENT -

चितवन, सोमबार, २४ कात्तिक २०७७ । प्रथम भेलाद्वारा तरुण दल इच्छाकामना अध्यक्षमा जीवन सिलवालको नेतृत्व चयन गर्न सफल भएको छ । इच्छाकामना गाउँपालिकाद्वारा प्रथम भेलाले जीवन सिलवाल गाउँपालिका स्तरीय कार्यसमितिको अध्यक्षमा चयन हुनुभएको छ । नेपाली कांग्रेस निकट नेपाल तरुण दल चितवनले स्थानीय तहगत कार्यसमितिलाई समायोजन प्रक्रिया थालेको हो ।

तरुण दलले छिटै अन्य नगरस्तरीय कार्यसमितिलाई समायोजन गर्ने जनाएको छ । प्रथम भेला तरुण दल चितवनका सभापति राजन ताम्राकारको अध्यक्षतामा भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

सिलवाल तरुण दलको दारेचोक गाविसका अध्यक्ष समेत हुनु भएको थियो । दाहाखानीका अध्यक्ष दीपक थापा, चण्डींभज्याङका अध्यक्ष विराज गुरुङ, काउलेका अध्यक्ष सुवास थापा सहितको समन्वयमा गाउँपालिका स्तरीय कार्यसमितिलाई पूर्णता दिइने बताइएको छ ।

उक्त कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, सह–सचिव राजन कार्की , क्षेत्र नम्बर २ का सभापति भरत लामिछाने, जिल्ला नेता राजेश्वर खनाल लगायत अन्यको सहभागिता रहेको थियो ।

- ADVERTISEMENT -

Advertisement

साथै, सोही कार्यक्रममा नेकपा परित्याग गरी ६ जना कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा कानुन व्यवसायी होमनाथ सिलवाल लगायतका हुनुहुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com