Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४१:१३ दिउँसो
- ADVERTISEMENT -

चिसो बढेसँगै बालबालिकालाई जोगाउन डाक्टरको आग्रह

प्रकाशित मिति: २०७७ कात्तिक २४, सोमबार

639
Shares

काठमाडौँ, सोमबार, २४ कात्तिक २०७७ । चिसो बढेसँगै बालबालिकालाई जोगाउन डाक्टरको आग्रह गरेका छन् । मौसममा बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका हुन् ।

चिसो मौसममा बालबालिकामा विशेषगरी, निमोनिया, रुघाखोकी, सिजनल फ्लू, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन काठमाण्डौ मेडिकल कलेजका सामुदायिक चिकित्सा विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर सुनिलकुमार जोशीले आग्रह गर्नु भएको हो ।

उनीहरुलाई चिसो मौसममा फल्ने सुन्तला, जुनारलगायतका फलफूल पनि थोरै मात्रामा खुवाउनु राम्रो हुन्छ । यस्ता फलफूलले उनीहरुको छाला सुख्खा हुन पाउँदैन । चिसो भयो भनेर बालबालिकालाई लामो समयसम्म कोठाभित्र हिटर, कोइला वा दाउरा बाल्न नहुने डाक्टर जोशी बताउनुहुन्छ ।

सङ्क्रमणबाट जोगाउन सकिएन भने बालबालिकाको ज्यान नै जानसक्ने भएकाले अरु समयको तुलनामा बालबालिकाको बढी ख्याल राख्न उहाँले आग्रह गर्नुभएको छ । जाडो समयमा रोगप्रतिरोधात्मक क्षमता समेत कम हुन्छ । त्यसैले बालबालिकालाई तातो लुगा लगाइदिने, सागसब्जी र तातो झोलिलो खानेकुरा खान दिनु पर्छ ।

लामो समय कोठामा दाउरा, कोइला तथा हिटर बालेर राख्दा अक्सिजनको कमी भएर स्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्छ । दाउरा, कोइला तथा हिटर बाल्दा झ्याल वा ढोका खुला राख्नुपर्छ । यसो गर्दा कोठाको बिकार हावा बाहिर जान्छ । र बाहिरबाट शुद्ध हावा भित्र छिर्न पाउँछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -