काठमाडौँ, आइतबार, २३ कात्तिक २०७७ । नेपाली काँ’ग्रेसले प्रजातन्त्र सेनानी खड्गबहादुर श्रेष्ठको निध’नप्रति ‘दुःख व्य’क्त गरेको छ ।
काँ’ग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी पार्टी मोरङका पूर्वमहाधिवेशन प्रतिनिधि श्रेष्ठको निध’नप्रति दुः’ख व्य’क्त गरेका हुन् ।
श्रेष्ठको शुक्रबार ९३ वर्षको उमेरमा मोरङको मिक्लाजुङ गाउँपालिकास्थित आफ्नै निवासमा निध’न भएको थियो । स्वर्गीय श्रेष्ठले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको काँ’ग्रेसले जनाएको छ ।
काँ’ग्रेसले श्रेष्ठको निध’नप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।








































