रुपन्देही, बुधबार, १९ कात्तिक २०७७ । नेपाली काँ’ग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त भएका छन् ।
संसदी’य दलको विधानबमोजिम संसदी’य दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन् ।
यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहेका थिए । हमालले समय दिन नसकेका कारण खानलाई नियुक्त गरिएको हो ।








































