Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५९:०५ बिहान
- ADVERTISEMENT -

आवश्यक सामग्री नआउँदा व्यवसायी मारमा

प्रकाशित मिति: २०७७ कात्तिक १८, मंगलबार

552
Shares

काठमाडौं, मंगलबार, १७ कात्तिक २०७७ । जाडो नजिकिदैं गर्दा पर्याप्त सामग्री नआउँदा व्यवसायी मारमा परेका छन् । कोभिड संक्रमणको जोखिमका कारण नयाँ मापदण्ड तयार गरी तातोपानी नाका खोलिएको छ । नयाँ मापदण्डअनुसार काम गर्नका लागि नेपालतर्फको भन्सारमा २५ भन्दा बढी चिनियाँ कन्टेनरबाट नेपाली कन्टेनरमा समान पल्टी गर्न सकिने यार्ड तयार गरिएको छ ।

एक चिनियाँ कन्टेनर सामानले नेपालतर्फको दुईदेखि तीन कन्टेनर सामान भरिन्छ । यदि पूर्ण क्षमतामा सामान आयात हुने हो भने दैनिक ५० भन्दा बढी नेपाली कन्टेनर आउन सक्नेछन् । तर नाका खुलेको पहिलो दिन दुई कन्टेनर र दोस्रो दिन चार कन्टेनर मात्रै समान आएको थियो ।

पटकपटक बन्द हुँदै खुल्दै गरेको तातोपानी नाका गत बिहीबारबाट पुनः सुरु भएको छ । तर चिनियाँ पक्षले पर्याप्त सामग्री नपठाउँदा नेपाली व्यवसायी मारमा परेका छन् । चिनियाँ पक्षले सुरक्षाको कारण देखाउँदै थोरै सामान पठाउँदा सिजनमा आउनुपर्ने सामग्री ढिलो आउने सम्भावना बढेकाले व्यवसायीहरु चिन्तित देखिन्छन् ।

चिनियाँ पक्षले स्वास्थ्य सुरक्षाको कारण देखाउँदै थोरै सामग्री पठाउँदा आफूहरु मर्कामा परेको नेपाली व्यवसायी विजय शेर्पाले बताउँछन् । सामान ढिलो आउँदा स्याउलगायतका खाद्य सामग्री कुहिन थालेकाले नाकालाई निरन्तर खुला गर्नुपर्ने उनले बताए ।

नाकालाई पूर्ण रुपमा सञ्चालनमा गर्नुपर्ने अथवा पूर्ण रुपमा बन्द गरेर समुद्री नाकाबाट सामान ल्याउन पाउनुपर्ने व्यवसायीहरुको माग छ । भन्सार नाका पूर्ण रुपमा सञ्चालनमा नआउँदा व्यवसायीहरु धेरै मर्कामा परेको नेपाल-चीन उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका अध्यक्ष जाङ्बु शेर्पाले बताए ।

आयातित सामग्री पूर्ण क्षमतामा ल्याउन आफूहरु मन्त्रालयस्तरबाटै छलफलमा रहेको पनि खत्रीले बताए । नाका पूर्ण रुपमा सञ्चालनमा आए दैनिक करोडौं राजस्व संकलन हुने र रोजगारीको अवसरसमेत बढ्ने भएकाले नाकालाई चाँडो पूर्ण रुपमा सञ्चालन गर्नुपर्ने देखिन्छ ।

अहिलेसम्म स्याउ र केही रेडिमेड कपडा मात्रै आएको छ । यही गतिमा सामान आउने हो भने अहिले व्यापारिहरुले खरिद गरिसकेको समान आउन एक वर्ष लाग्‍नसक्ने तातोपानी भन्सार सुक्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । यद्यपि स्वास्थ्य सुरक्षा मापदण्ड परीक्षणका रुपमा रहेकाले थोरै मात्रामा सामान आयात भइरहेको उनले बताए । उनले समान ढुवानी बढाउन आफूले चिनियाँ पक्षसँग लगातार छलफल गरिरहेको पनि बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -