Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५३:३६ बिहान
- ADVERTISEMENT -

“निःशुल्क खानामा रोक लगाएको होइन, व्यबस्थित गर्न खोजेको हो”

प्रकाशित मिति: २०७७ कात्तिक १७, सोमबार

720
Shares

काठमाडाैं, सोमबार, १७ कात्तिक २०७७ । काठमाडौं महानगरपालिकाले खाना खुवाउने अभियानमा रोक नलगाएको बताएको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले सडकमा अव्यवस्थित तरिकाले खाना खुवाउँदा सडकमा हिडडुल गर्न समस्या र खाने मान्छेलाई समेत समस्या पर्ने देखिएकोले हालको लागि खुलामञ्चमा खाना खुवाउन रोक लगाएको जानकारी दिनुभयो ।

मानिस हिडडुल गर्ने र गाडी गुड्ने ठाउँमा खाना खुवाउँदा सर्वसाधारणलाई नै समस्या देखिएको महानगरपालिकाको भनाई छ । खाना खुवाउने हो भने अहिले विभिन्न पार्टी प्यालेस खाली रहेको बताउँदै महानगरका प्रवक्ता डंगोलले उक्त ठाउँमा खाना खुवाउन आग्रह गर्नुभयो ।

सडकमा खाना खुवाउँदा खुवाउनेलाई पनि समस्या, खानेलाई पनि समस्या र पानीको समेत समस्या रहेकोले व्यवस्थित तरिकाले खाना खुवाउन आग्रह गर्नुभयो । खाना खुवाउने अभियान बन्द गर्न नखोजिएको बताउदै उहाँले व्यवस्थित गर्न खोजिएको बताउनुभयो ।

सडकमा भीडभाड् गरेर खाना खुवाउने गर्दा कोरोना संक्रमणको जोखिम पनि त्यतिकै मात्रमा हुने भएकोले सडकमा भीडभाड रोक्न खोजिएको प्रवक्ता डंगोलको भनाई छ ।

खाना खुवाउने हो भने खाली रहेका पार्टी प्यालेसमा व्यवस्थित तरिकाले खाना खुवाउने हो भने महानगरले पनि सहकार्य गर्ने प्रवक्ता डंगोलले बताउनुभयो । केही अभियन्ताले पहिलो लकडाउन सुरु भए यता अर्थात चैत्रदेखि खुलामञ्च, पशुपति, नयाँ बसपार्क, कोटेश्वरलगायत विभिन्न ठाउँमा समस्यामा परेका मानिसलाई खाना वितरण गर्दै आएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -