काठमाडौँ, आइतबार, १६ कात्तिक २०७७ । फिल्म ‘माया छपक्कै’ युटु’बमा पाइरे’सी भएको छ । उक्त फिल्ममा दिपेन्द्र लामाको निर्देशनमा तयार भएको यो चलचित्रमा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ ।
कपि’राइट सङ’अल नामक च्यान’लबाट यो चलचित्र शनिबार अपलोड गरिएको छ । यो चलचित्रलाई युटु’बमा १ सय भन्दा बढी पटक हेरिएको छ । चलचित्र गतबर्ष हलमा रिलिज भएको थियो भने ‘चलचित्र एप’ मा पनि यो चलचित्र रिलिज भएको छ । यस्तै, चलचित्रलाई डीस होममा पनि रिलि’ज गरिएको छ ।
उक्त चलचित्रको युटु’ब राइ’ट्स आमा अग्नी कुमारीसँग छ । निर्माता रोहित अधिकारीले चलचित्रको पाइरे’सी गर्ने व्यक्तिको खोजी भैरहेको र कानुनी कारवाही गरिने बताए । उनले, प्रहरीमा उजुरी गर्ने समेत जनाएका छन् ।








































