काठमाडौँ, शुक्रबार, १४ कात्तिक २०७७ । गायक बसन्त लम्सालको नयाँ गीत ‘डाँफे चरी’ सार्वजनिक भएको छ । अर्घाखाँची जिल्लामा जन्म भई लोकगित संगितमा बेग्लै पहिचान बनाउन सफल बसन्त लम्सालले आवाज दिएको लोक दोहोरी गितको चर्चा शुरुवाटै चुालिएको छ ।
रबिन ज्ञवालीको शब्द रहेको गीतमा गायक बसन्तले नै संगीत भरेका छन् । गीतको भिडियोमा नायक पल शाह र रियासा दाहालसँगै उषा उप्रेती र विश्वास नेपालको अभिनय रहेको छ ।
आफूले माया गरेको मान्छेलाई अर्कैले लैजान खोज्दाको पीडा पलले देखाएका छन् । काजिस श्रेष्ठले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । भिडियोको सम्पादन दीपक बिष्टले गरेका हुन् भने कलर प्रबिन भट्टले गरेका छन् ।
यही कार्तिक ८ गते युट्युव मार्फत सार्वजनिक भएको “डाँफे चरी” मा लम्सालसहित चर्चित लोक दोहोरी गायिका शान्तिश्री परिवारको आवाज रहेको छ ।
रविन ज्ञवालीको शव्द रहेको गित युट्युवमा सर्वाधिक हेरिएको छ । गित अपलोड भएको पाँच दिनमै ३ लाख भन्दा धेरैपटक हेरिएको छ ।








































