काठमाडौं, आइतबार, २ कात्तिक २०७७ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार २ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी तोलाको १ हजार २ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।








































