काठमाडौं, बुधबार, २८ असोज २०७७ । विद्युतीय श’वदाह गृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ ।
पशुपति क्षेत्रमा श’वदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको श’वदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय श’वदाह गृह निर्माण गर्न लागिएको हो । महानगरपालिकाको आर्थिक वर्ष ०७७/७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी श’वदाह गृह निर्माण हुनेछ ।
महामारी, प्रा’कृतिक प्र’कोपमा देखापर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै श’वदाह गृह निर्माणको सम्झौता गरिएको कोषका सदस्य-सचिव प्रदीप ढकालले बताए । अहिले दैनिक ३५ देखि ४५ वटा श’वदाह हुने गरेकामा २० वटा श’व विद्युतीय गृहमा दा’ह गर्ने गरिएको छ । लाइन बसेर श’व जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने उनले बताए ।
महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले वार्षिक बजेटमार्फत तीनवटा गृह निर्माण गर्ने गरी १५ करोड रुपैयाँ विनियोजन गरेको अवस्थामा कोषले थप गृह निर्माणका लागि आग्रह गरेको बताए । अहिले निर्माण कार्य अगाडि बढेका सबै श’वदाह निर्माणको आर्थिक जिम्मेवारी महानगरपालिकाले लिने उनले बताए ।
श’वदाह निर्माण र सञ्चालनका लागि भएको सम्झौतापत्रमा महानगपालिका तर्फबाट प्रमुख विद्यासुन्दर शाक्य र कोषका तर्फबाट सदस्य सचिव ढकालले हस्ताक्षर गरेका छन् । महानगरपालिकाले निर्माणका लागि तीन किस्ता र मेसिन खरिदका लागि एकमुष्ट रुपमा रकम उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।
पहिलो किस्तामा सम्झौता भएको रकमको ३० प्रतिशत, दोस्रो किस्तामा ३० र अन्तिम किस्तामा बाँकी रकम भुक्तनी गर्नेछ । यस्तै बेवा’रिसे, अति वि’पन्न वा अन्य कारणले गर्दा श’वदाह गर्न तिर्नुपर्ने शुल्क तिर्न नसक्ने अवस्थामा काठमाडौं महानगरपालिका र वडा कार्यालयहरुबाट सिफारिस भए निःशुल्क श’वदाहको प्रबन्ध मिलाउनुपर्ने, अनुदानको रकम अन्य ठाउँमा प्रयोग गर्न नपाइने र रकम भुक्तानी गर्दा सहरी पूर्वाधार विकास कोषको सिफारिसमा मात्रै भौतिक प्रगतिका आधारमा उपलब्ध गराउने समझदारी भएको छ ।
सम्झौता र स्वीकृत भएको नक्सा डिजाइनअनुसार काम भए/नभएको अनुगमन गर्न सहरी विकास पूर्वाधार विभागको विभागीय प्रमुखको संयोजन रहने गरी दुई सदस्यीय समिति पनि गठन भएको छ ।









































