- ADVERTISEMENT -
- ADVERTISEMENT -

“डा.केसीका माग पुरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ”

October 5, 2020
687
Shares
- ADVERTISEMENT -

काठमाडौं, सोमबार, १९ असोज २०७७ । नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पुरा नभए उत्पन्न हुने दुर्घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । डा. केसीले चिकित्सक क्षेत्र सुधारको माग राख्दै अनसन बसेको २२ दिन पुग्दापनि वार्ताका लागि तयार नभएको सरकारले भोली निम्तिन सक्ने दुर्घटनाको जिम्मा लिनुपर्ने कांग्रेसको भनाई छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले समयमै माग सम्बोधनका लागि सरकारसँग आग्रह गरे । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोली उत्पन्न हुने दुस्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

नेपाली कांग्रेसको सरकारले गरेका निर्णयहरु उल्ट्याउँदा अहिलेको अवस्था आएको उनले बताए । कांग्रेसले शुल्क समायोजन, अध्यादेश मार्फत ७५ प्रतिशत छात्रवृति, काठमाडौंमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने, एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई मात्रै सञ्चालनको अनुमति दिने निर्णय गरेपनि सरकारले सबै निर्णय उल्ट्याउँदा अहिलेको अवस्था आएको प्रवक्ता शमाले बताए । आइतबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले डा. केसीका माग पुरा गर्न सरकारलाई अपिल गरेका छन् ।

अनसनको २२ दिन पुग्दा पनि सरकारले वार्ता समेत शुरु नगर्दा लोकतान्त्रिक आवरणभित्र कम्युनिष्टतन्त्र जागृत भइरहेको शर्माले बताए । अधिनायकवादी आकांक्षा राखेर अगाडी बढेको सरकारले केसीका मागहरु सुनुवाई गर्न ढिलाइ गरिरहेको उनले बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -