बाग्लुङ्ग, आइतबार, १८ असोज २०७७ । कांग्रेस युवा नेता जीत शेरचनको नेतृत्वमा बाग्लुङ्ग ढोरपाटन बाढीपिडितलाई ४२ लाख बराबरको राहत वितरण गर्नु भएको छ ।

नेपाली कांग्रेस क्षेत्र न २ बाग्लुङ्गद्वारा बाढी पहिरो प्रभावित ढोरपाटन नगरपालिका ७,८,९ मा कांग्रेस नेता जीत शेरचनद्वारा करिब ४२ लाख बराबरको राहत वितरण गर्नु भएको हो ।
प्रत्यक्ष टेलिफोन सम्पर्कमा कुराकारी गर्दै कांग्रेस नेता जीत शेरचनले राहत वितरण कार्यक्रम अन्तर्गत प्रति मृतक ३६ जनालाई सात हजारका दरले नगद, करिब २७ लाख ७० हजार बराबरको १०० घरलाई जस्तापाता वितरण गरिएको कांग्रेस नेता जीत शेरचनले जानकारी दिनुभयो । साथै, उहाँले श्री जनचेतना प्रा वि बिधालयका लागि १० बन्डल जस्तापाता, चौरासी जलविधुत आयोजना लाई ४ बन्डल जस्तापाता,फल्लेघर जलविधुत आयोजनालाई ४ बन्डल जस्तापाता,घट्टबत जलविधुत आयोजनालाई ४ बन्डल जस्तापाता र नेपाने देउराली लघु खोला विधुत आयोजनालाई ४ बन्डल जस्तापाता, लाकुरिबोट स्वास्थ्यचौकीका लागि ४ बन्डल जस्तापाता वितरण गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी, पुर्ण घर क्षति भएका ७५ घर परिवारलाई प्रति परिवार २/२ बन्डल जस्तापाता, ३०/३० किलो चामल,५/५किलो चिउरा,१/१ बक्स चाउचाउ,बिस्कुट,नुन,आटा, ३ जना घाइतेलाई प्रतिब्यक्ति पाच हजारका दरले नगद र आंशिक क्षति भएका ४० घर परिवारलाई प्रति परिवार ३०/३० किलो चामल,५/५ किलो चिउरा,१/१ बक्स चाउचाउ,बिस्कुट नुन आटा वितरण गरिएको बताउनु भयो । घर भाडामा बस्ने, अपाङ्ग, एकल महिला गरि ३५ घर परिवारलाई प्रति परिवार ३०/३० किलो चामल,५/५किलो चिउरा,१/१ बक्स चाउचाउ,बिस्कुट,नुन,आटा लगायत खाधान्न सामाग्री वितरण गरिएको थियो ।

साथै, बाढीले गर्दा बाबा आमा गुमाएका बालबालिकाका लागि उचित शिक्षाको लागि खर्च बेहोर्ने नेता जीत शेरचनले बताउनु भएको छ ।
क्षेत्रीय सभापति द्वार्ण कुवरको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाग्लुङका सभापति दिपेन्द्र थापा, तरुण बिभाग सदस्य अर्जुन शेरचन, तरुण दल कोषाध्यक्ष देबेन्द्र धर्ती, गल्कोट नगरपालिकाका मेयर भारत गैरे, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला सदस्यहरु र पार्टीका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुकोलगायत अन्य महानुभावको उपस्थितिमा उक्त राहत बितरण गरिएको थियो ।









































