काठमाडौँ, आइतबार, १८ असोज २०७७ । अर्घाखाँची सामाजिक अभियन्ताको टिमद्वारा शितगंगाका पहिरो पिडितलाई सहयोग गरेका छन् ।

यस वर्षको अबिरल बर्षाको कारण शितगंगा नगरपालिका वडा नं. ११ र १२ मा जमिन भासिनुको साथै पहिरोले ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छ्न । पहिरोबाट मानविय कुनै क्षति भएको छैन भने करोडौंको धन सम्पतिको नोक्सान भएको छ ।

यतिबेला पीडित परिवारका लागि नगद तथा जिन्सी सहयोग आउने क्रम जारी छ । त्यस्तै क्रममा अर्घाखाँची बाट काठमाडौं बस्दै आउनुभएका जिल्लाकै सक्रिय र जुझारु सामाजिक अभियान्ताहरु सचिन पाण्डे सालिक राम अधिकारी, शिवदेव पाण्डेले राहत स्वरुप नगद तथा जिन्सी सहित १ लाख १ हजार ३ सय ६५ रुपैंया सङकलन गरेकोमा जोख्लेगैरा मैदाना का पिडितका लागि ६५ हजार ५ सय रुपैया सहयोग रकम हस्तान्तरण गर्नु भएको छ । वडा नं. ११ को ढुङ्गेसेराका पिडितका लागि ३५ हजार माथिको लत्ताकपडा र खाध्यन्न सामाग्री उपलब्ध गराएको सामाजिक अभियान्ता सचिन पाण्डेले बताउनुभयो ।

कार्यक्रममा नगर प्रमुख सुर्य प्रसाद अधिकारी, उप प्रमुख टीका रेश्मी, वडा अध्यक्ष बाबुराम गैरे लगाएतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
यस अघी पनि सामाजिक अधिकारी र पाण्डेले धेरै ठाउँमा पिडितलाई सहयोग गर्दै आउनुभएको छ यस कार्यमा सहयोग गर्न अधिकारी र पान्डे ले सबैमा आग्रह समेत गर्नुभएको छ ।









































