काठमाडौँ, आइतबार, १८ असोज २०७७ । सामसङ नेपालले बडा दशैंको अवसरमा ग्राहकहरुको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै “बडा दसैं बिग, धमाका” अफर सार्वजनिक गरेको छ ।
सामसङको कुनै पनि स्मार्टफोन तथा ट्याब किन्दा यो अफरमा सामेल हुन सकिने कम्पनिले बताएको छ । ग्राहकहरुलाई सामसङले साप्ताहिक एवं बम्पर लक्की ड्रको व्यवस्था गरेको छ ।
अफर अन्तर्गत १ जना विजेतालाई बम्पर बिग धमाका लक्की ड्र मार्फत् रेनल्ट डस्टर कार, साप्ताहिक बिग धमाका लक्की ड्र मार्फत् ५ जना विजेताहरुले होण्डा हर्नेट १६० आर मोटरसाइकल तथा १० जना विजेताहरुले ग्यालेक्सी नोट-20 जित्न सक्नेछन् ।
लक्की ड्र विजेताहरु असोज २२ गते, २९ गते, कात्तिक ६ गते, २० गते, २७ गते घोषणा गरिने र बम्पर लक्की ड्र विजेता मंसिर ४ गते घोषणा गरिने बताइएको छ ।
साप्ताहिक लक्की ड्र तथा बम्पर लक्की ड्रको घोषणा सामसङको आधिकारिक फेसबुक पेज मार्फत् हुनेछ ।
बम्पर उपहार स्वरुप राखिएका पुरस्कारहरू कार, मोटरसाइकल तथा स्मार्टफोनको सट्टामा नगद उपहार भने प्रदान नगरिने कम्पनीले स्पस्ट पारेको छ । अफर यहि असोज १६ गतेदेखि मंसिर २ गते सम्म लागु हुनेछ ।
साथै, यो योजना नेपालभर रहेका सामसङ मोबाइलका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालि तथा आईएमएस प्रालि अन्तगर्तका सामसङ ब्राण्ड शप तथा रिटेलहरु मार्फत् गरिएको खरिदमा मात्र लागू हुनेछ ।








































