Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:५६ बिहान
- ADVERTISEMENT -

रुपन्देही कांग्रेसको राँके जुलुस

प्रकाशित मिति: २०७७ असोज १७, शनिबार

742
Shares

रुपन्देही, शनिबार, १७ असोज २०७७ । प्रदेश नं.५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले शनिवार साँझ वुटवलमा राँके जुलुस निकालेको छ ।

राँके जुलसका सहभागीहरुले सरकारले रुपन्देही आसपासका जिल्लाका नागरिकहरुलाई धोका दिएको आताएका थिए। उनीहरुले रुपन्देहीबाट प्रतिनिधत्व गर्ने सांसद बिष्णु पौडेलले अर्थमन्त्रीसँग राजधानी साँटेर वुटवलका जनतालाई धोका दिएको समेत बताए । राँके जुलुसपछि बुटवलको मिलनचोकमा कोणसभा समेत गरिएको थियो ।

कांग्रेस रुपन्देहीको शनिवार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरे लगत्तै साँझ राँके जुलुस गरिएको हो। कांग्रेसले युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग समेत छलफल अगाडी बढाएको छ ।

कोणसभामा बोल्दै नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेले बुटवलबाट राजधानी सार्न खोजिए स्थिती थप खराब वन्ने चेतावनी दिए । उनले प्रदर्शनलाई दवाउन खोजिए त्यसबाट उत्पन्न प्रतिक्रियाको जवाफदेही सरकार हुने चेतावनी दिए । नेपाली कांग्रेसका जिल्ला सचिव रामकृष्ण खाँणले पनि प्रदेश राजधानी वुटवलबाट सार्न नहुने भन्दै त्यसो गरिए सडक संघर्ष अझ कडा बनाइने बताए ।

नेविसंघ रुपन्देहीको शनिवार बुटवलमा वसेको संयुक्त वैठकले अस्थायी राजधानीको रुपमा रहेको रुपन्देहीबाट प्रदेशको स्थायी राजधानी दाङ वनाउने प्रस्ताव एकाएक प्रदेश सभामा पेश गरेर तानाशाह लादेको ठहर गर्दै, रुपन्देहीबाट दाङ राजधानी सार्न नदिन विभिन्न संघर्षका कार्यक्रमहरु गर्ने निर्णय गरेको छ ।

प्रदेश सभामा शुक्रबार प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश भएसँगै बुटवलका विभिन्न स्थानहरुमा टायर बालेर कांग्रेसले विरोध जनाएको थियो ।

नेपाली कांग्रेस रुपन्देहीका जिल्ला सचिव खाँणले आईतवार जिल्ला वन्द र नेकपा पार्टीका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु राखेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -