Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:३१ बिहान
- ADVERTISEMENT -

अति अशक्तको सामाजिक सुरक्षा भत्ता नरोक्न आग्रह

प्रकाशित मिति: २०७७ असोज १२, सोमबार

906
Shares

काठमाडौं, सोमबार, १२ असोज २०७७ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, मानव अधिकारका लागि महिला, एकल महिलाहरुको राष्ट्रिय सञ्जाल, सङ्कल्पलगायत संस्थाले अति अशक्त, अपाङ्गता भएका व्यक्ति र साठी वर्षभन्दा कम उमेरका एकल महिलाको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न आग्रह गरेका छन् ।

ती संस्थाले आज भर्चुअल पत्रकार सम्मेलन गरी त्यस्ता ब्यक्तिले प्राप्त गरिरहेको मासिक रु एक हजार छ सय सामाजिक सुरक्षा भत्ता रोकिन नहुने माग गरेका हुन् । यसबारे मन्त्रिपरिषद्बाट उपयुक्त निर्णय गर्न वा विद्यमान सामाजिक सुरक्षा ऐन, २०७५ मा संशोधन गरी समाधान गर्न ती संस्थाले प्रस्ताव गरेका छन् ।

महासङ्घका अध्यक्ष मित्रलाल शर्माले सामाजिक सुरक्षा ऐन संशोधन गरेर सामाजिक सुरक्षा भत्ताको स्थायी समाधान गर्नुपर्ने बताउनु भयो । महासङ्घका महासचिव राजु बस्नेतले कोरोना भाइरस (कोभिड -१९) को महामारीमा आफूहरुलाई अतिरिक्त सेवासुविधा दिनुपर्नेमा पाइरहेको सामाजिक सुरक्षा भत्तासमेतबाट वञ्चित गरी बाँच्न पाउने अधिकारबाट समेत कुण्ठित गर्न खोजिएकाले समस्या समाधानका लागि थप दबाब सिर्जना गरिने जनाउनु भयो ।

उक्त ऐनसँगै सामाजिक सुरक्षा कार्यक्रम लागू भएपछि त्यसको नियमावली कार्यान्वयन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत चैत १२ गतेको परिपत्रबाट उक्त भत्ता रोकिए पनि गत जेठ २८ को अर्को परिपत्रबाट अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मका लागि विनियोजित बजेटबाट खर्च लेख्ने गरी आर्थिक सहायता उपलब्ध गराइएको थियो ।

चालू आ व को पहिलो चौमासिकमा भने उक्त भत्ता वितरण रोकिएको छ । सङ्कल्प संस्थाका अध्यक्ष लीला थापाले आजै आफूले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङसँग सो विषयमा ध्यानाकर्षण गराउँदा सकारात्मक जवाफ दिई गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनु भएको छ ।

हाल मुलुकमा छ प्रतिशत एकल (विधवा) महिला रहेको जनाइएको छ । विज्ञप्तिमा बौद्धिक अपाङ्गताका अभिभावक महासङ्घ नेपाल, अपाङ्गता भएका महिलाहरुको महासङ्घ नेपाल, नेपाल अपाङ्ग महिला सङ्घ, सामाजिक सुरक्षा नागरिक सुरक्षा सञ्जाल, दलित महिला सङ्घ, निष्पक्ष द्वन्द्वपीडित महिला सञ्जाल, सैनिक एकल महिला तथा घाइते परिवार सङ्घ, मिथिला महिला समाजलगायत संस्थाले ऐक्यबद्धता जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -