काठमाडौँ, सोमबार, १२ असोज २०७७ । डा के सी को जीवन रक्षाको लागि सरकारलाई दबाब अनुरुप स्थानीय युवाद्वारा शान्तिपूर्ण खबरदारी गरेका छन् ।

चिकित्सा शिक्षामा सुधार र आम नागरिकलाई सर्वसुलभ स्वास्थ सेवाको माग सहित १९ औं सत्याग्रहमा बसेका डाक्टर के सी को जीवन रक्षाको लागि सरकारलाई दबाब दिन आज सुनवलमा स्थानीय युवाहरूद्वारा शान्तिपूर्ण खबरदारी गरिएको छ ।

उक्त कार्यक्रममा भेला भएका सबै युवाहरुले डाक्टर के सी को माग पूरा गर्नुपर्छ , आइ एम विथ ड केसि जस्ता प्रचार बोकेका थिए ।

तस्विर : सौरभ न्यौपाने








































