काठमाडौ, सोमबार, १२ असोज २०७७ । हुम्ला जिल्लाको नाम्खा गा पा-६ लिमिलाप्चामा मिचिएको नेपाली भुमि फिर्ताको लागि आज चिनियाँ दुतावास अगाडि आन्दोलन गरेका छन् ।

आन्दोलनमा नेविसंघका नेताहरु नवराज त्रिपाठी, प्रनिल तामाङ, सुवोध ओलि, विन्दा बोगटी, अर्बत खड्का, दिपेन्द्र खड्कालाई कम्युनिष्ट सरकारले हिरासतमा राखिएको छ ।

राष्ट्रियताको सवालमा हामी जस्तोसुकै मुल्य चुकाउन तयार छौं । आन्दोलनका क्रममा हिरासतमा राखिएका नेता कार्यकर्तालाइ तत्काल रिहा गर्न आग्रह गरिएको छ ।








































