Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:२९ बिहान
- ADVERTISEMENT -

सर्वसम्मत नेतृत्वका आधार

प्रकाशित मिति: २०७७ असोज ११, आइतबार

683
Shares

काठमाडौँ, आइतबार, ११ असोज २०७७ । नेपाली काँग्रेसभित्र केन्द्रदेखि तल्लो तहसम्म गुटउपगुट हाबी भएको भन्दै गुुटविहीन सर्वसम्मत नेतृत्वको आवाज उठेको छ ।

सिद्धान्त, विचार, नीति, रणनीतिविहीन गुुटबन्दीले यस्तोे आवाजलाई भरथेग गरिरहेको छ । सिद्धान्तविहीन गुटले एक अर्कालाई धसाउने र खुट्टा तानेर ढाल्ने कसरत मात्र देखिएको कतिपयको भनाइ छ ।

यो प्रवृत्तिबाट आगामी दिनमा काँग्रेसलाई मुक्त बनाएर राष्ट्रको भरोसायोग्य पार्टी बनाउन सर्वसम्मत नेतृत्वको खोजी हुनुपर्ने बहस महाधिवेशनको पूर्वसन्ध्यामा देखिएको हो ।

यही गुटको राजनीति कायमै रह्यो र १४औँ महाधिवेशनमा मतदानमा पुग्दा पद, पैसा, शक्तिको खेल हुने र त्यसबाट काँग्रेसभित्रको गुट झन् मौलाउने चिन्ता काँग्रेसभित्रै गरिँदैछ । कतिपय नेताले अमेरिकाजस्तो देशमा पनि निर्वाचनमा प्रसारको महìव हुन्छ भने नेपालमा नहुने कुरा छैन भन्दै काँग्रेसमा धन नहुनेले पनि चुनावमा उम्मेदवार भएर जित्न सक्ने वातावरण बनाउनु जरुरी रहेको बताउँछन् ।

सर्वसम्मत नेतृत्वका आधार

राजनीति शास्त्रका एक प्राध्यापकको विचारमा काँग्रेसमा वरिष्ठता, निरन्तरता, सार्वजनिक छवि, सङ्गठनमा प्रभाव, पार्टीका नेता तथा कार्यकर्तासँग घुममिल गर्न सक्ने क्षमता, निजी आचरण र व्यवहार, जातीय, क्षेत्रीय, भू–सन्तुलनलाई आधार मानेर सर्वसम्मतिको प्रयास गर्न सकिन्छ ।

यसैगरी, अब आउने नेतृत्वले पार्टीभित्रको एकता कायम गर्न सकोस्, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सम्बन्ध विस्तार गर्न सक्ने खुबी राखोस् । अन्य राजनीतिक दलसँग उभिएर संवाद गर्ने, तर्कसङ्गत जवाफ राख्न सक्ने, छिमेकी देश भारत र चीनसँग असल सम्बन्ध कायम गर्न सक्ने क्षमता राखोस्, यी आधारमा सर्वसम्मत नेतृत्वको खोजी गर्न सकिने भनाइ विज्ञहरूको छ ।
काँग्रेसभित्र हालसम्म स्पष्ट तीन धार देखिन्छ–सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ।

यी तीनै जना १३औँ महाधिवेशनमा प्रतिस्पर्धी हुनुहुन्छ । पछिल्लो समय सभापति देउवा निकट विमलेन्द्र निधि र गोपालमान श्रेष्ठले सभापतिको दाबी गर्नुभएको छ भने पौडेल समूहमा त सभापतिको उम्मेदवार बन्नेको सङ्ख्या लगातार बढ्दैछ । महामन्त्री डा. शशाङ्क कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइरालादेखि अन्य नेताले पनि दाबी प्रस्तुत गर्नुभएको छ ।

सर्वसम्मत नेतृत्वको प्रस्ताव

बीपी कोइरालाको जन्मजयन्तीको दिन भदौ २४ गते आयोजित कार्यक्रममा उपसभापति विमलेन्द्र निधिले पार्टीमा सर्वसम्मत नेतृत्वको प्रस्ताव राख्नुभयो । उहाँको तर्क छ, पार्टीमा वैचारिक एकता–प्रस्टता र सङ्गठनात्मक एकता कायम गर्न सक्ने नेतालाई सर्वसम्मतिबाट चयन गर्दा राम्रो हुन्छ तर उहाँ सभापति देउवाको समर्थनमा आफैँ सभापति बन्न चाहनुहुन्छ । सभापति देउवाले जसरी विभागहरू गठन गर्दै हुनुहुन्छ, त्यसले उहाँ आफैँ मैदानमा उत्रने तयारीमा रहेको स्पष्ट हुन्छ ।
वरिष्ठ नेता पौडेल उपसभापति निधिको सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राम्रो हो, सर्वसम्मतका आधार स्पष्ट हुनुपर्छ भन्नुहुन्छ । उहाँ पनि काँग्रेसको सभापतिको उम्मेदवार बन्ने दौडमा हुनुहुन्छ । यसैगरी, प्रकाशमान सिंह अर्को दावेदार हुनुहुन्छ भने महामन्त्री शशाङ्क कोइराला त ‘आफूबाहेक सभापति देउवालाई कसैले पराजित गर्न नसक्ने’ दाबी गर्दै हिँड्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -