Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५१:५३ बिहान
- ADVERTISEMENT -

अघिल्लो बर्षसम्म अग्रिम टिकटको लागि भिडभाड हुने काउन्टरहरु खाली

प्रकाशित मिति: २०७७ असोज ९, शुक्रबार

983
Shares

काठमाडौं, शुक्रबार, ९ असोज २०७७ । अघिल्लो बर्ष भदौ महिनादेखिनै यातायात व्यवसायी प्रकाश दाहाल निक्कै व्यस्त हुन्थे ।

उनको कम्पनीमा रहेका २० वटा गाडीसँगै उनले स्थानीय गाडीहरुको समेत व्यवस्थापन गरेर काठमाडौंबाट दैनिक रुपमा तराइका विभिन्न जिल्लाहरुमा सवारी साधनको व्यवस्थापन गर्थे ।

अरु समयमा भन्दा दसैमा अत्याधिक माग रहेकोले दसैमा उहाँको परिवाका अरु सदस्य समेत टिकट काट्ने काममा सहयोग गर्थे ।

काठमाडौं, भक्तपुरमा समेत उहाँहरुको टिकट काउन्टर थियो । बनेपामा रहेको टिकट काउन्टरमा समेत निक्कै भीडभाड हुन्थ्यो । तर यो बर्ष त्यस्तो छैन । उहाँहरुको काठमाडौ, भक्तपुर र बनेपामा रहेको टिकट काउन्टरबाट एउटा पनि टिकट काटिएको छैन । अघिल्लो बर्षसम्म अग्रिम टिकटको लागि भिडभाड हुने काउन्टरहरु खालि छन् ।

उहाँले आफ्नो लामो दुरीमा चल्ने २० वटा गाडी पार्किङमा राख्नु भएको महिनौ भैसक्यो । लकडाउन खुलेपछि गाडीहरु संचालन हुने आसामा रहुन भएका उहाँले एउटा बस पनि संचालन गर्न सक्नु भएको छैन ।

नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आफूहरुले यो दसैको लागि अग्रिम टिकटको बारेमा अहिलेनै नसोचेको बताउनुभएको छ । ‘बसहरु खालि दौडन बाँध्य छन् यो बर्ष अग्रिम टिकट काट्नै पर्दैन होला’ कर्माचार्यले भन्नुभयो ।

‘ अहिले काठमाडौं उपत्यका छाडेर जाने बसहरुमा यात्रुहरु नभएकाले अहिलेनै अग्रिम टिकटको बारेमा महासंघले निर्णय गरेको छैन’अध्यक्ष कर्माचार्यले भन्नुभयो ।

‘उपत्यका बाहिर जाने अधिकाशं गाडीहरुमा यात्रुनै छैनन्’ कर्माचार्यले भन्नुभयो । अधिकाशं गाडीहरुले तेल समेत हाल्न सक्ने अवस्था छैन भनेर जानकारी गराउनु भएको छ । उहाँले एक सातासम्म कस्तो अवस्था रहन्छ हेरेपछि मात्रै अग्रिम टिकटको बारेमा निर्णय गर्ने बताउनुभयो ।

अहिले काठमाडौमा रहेका मान्छे जिल्ला जिल्लामा रहेकाले अघिल्लो बर्षहरुमा जस्तो अग्रिम टिकट काट्नु पर्ने अवस्था आइ नहाल्न पनि सक्छ उहाँले भन्नुभयो । अघिल्लो बर्षहरुमा काठमाडौ छाडेर २० लाखभन्दा धेरै मान्छे बाहिर जाने गरेकोमा यो बर्ष राजधानीमा मान्छेनै नभएकाले अग्रिम टिकटको संम्भावना निक्कै न्यून रहेको उहाँले बताउनुभयो ।

उहाँले यो बर्ष दसै तिहार पनि सावधानी अपनाएर मनाउने भएकाले दसै तिहारको अग्रिम बुकिङ टिकट काट्नु नपर्ने उहाँ बताउनुहुन्छ । अहिले १० जना यात्रु बोकेर कंचनपुरसम्म जानु पर्ने बाँध्यता व्यवसायीसँग भएको कर्माचार्य भन्नुहुन्छ ।
काठमाडौबाट बाहिर जाने मात्रै हैनन काठमाडौ भित्रने गाडीमा समेत यात्रु छैनन् । राजधानीसँग जोडिएका काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङसम्म चल्ने छोटो रुटमा समेत यात्रुहरु नभएको व्यवसायी बताउनुहुन्छ ।

अरनिको यातायात सेवा प्रालीका अध्यक्ष चित्र कुँवरले छोटा तथा लामो दुरीका रुटमा असाँध्यै कम यात्रु भएको बताउनुभयो । सरकारले तोकेको भन्दा पनि कम भाडा दरमा यात्रुहरु बोक्दा समेत यात्रुहरु नआएको उहाँले गुनासो गर्नुभयो ।
नेपालमा करिब तीन लाख ५० हजार सार्वजनिक यातायातहरु संचालनमा छन् । त्यो मध्ये एक लाखभन्दा धेरै लामो दुरीका सवारी साधनहरु संचालनमा रहेको महासंघका उपमहासचिव रवि रिमाल बताउनुहुन्छ । एक लाखभन्दा धेरै लामो रुटका सवारी साधनमध्ये अधिकाशं संचालनमा आउन नसकेकको उहाँले बताउनुभयो ।

सरकारले ५० प्रतिशत भाडा बृद्धि गरेर जनता मारमा परेको र भोलि यात्रु हुँदा समेत बसहरु संचालन गर्न सक्ने अवस्था नहुने उहाँले बताउनुभयो । अहिले लामो दुरीका सार्वजनिक बसहरुले चालक तथा सहचालकहरुले खानाको व्यवस्था मात्रै गर्न सकेको र तेल समेत व्यवसायीहरुले आफैले हालिदिनु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

अघिल्लो दसैमा उपत्यकावाट सार्वजनिक यातायात चढेर १५ देखि २० लाखभन्दा धेरै यात्रुहरु बाहिरिने गरेको र यो बर्ष अग्रिम टिकटको बारेमा महासंघले कुनै निर्णय नगरको उहाँले स्पष्ट पार्नुभयो । यो बर्ष सार्वजनिक यातायातको प्रयोग होला जस्तो लाग्दैन उहाँले भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -