काठमाडौँ, शुक्रबार, ९ असोज २०७७ । सिमपानी अनलाइन मिडिया ग्रुप जापान संयोजक राजेन्द्र भट्टको पहलमा संकलन गरिएको रकम पिडित शर्मिला परियारका श्रीमान कृष्ण परियारलाई हस्तान्तरण गरिएको छ ।

गोरखाको भिमसेन थापा गाउँपालिका वडा नं ४ चौतारा निवासी दुवै मृगौला पिडित शर्मिला परियारलाई थप आर्थिक सहयोग भएको छ । दुवै मृगौलाफेल भई त्रि बि शिक्षण अस्पताल महाराजगंजमा उपचाररत परियारलाई सिमपानी अनलाइन मिडिया ग्रुप जापान संयोजक राजेन्द्र भट्टको पहलमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो ।
सिमपानी न्युजका अध्यक्ष बिमल भट्ट, सम्पादक गीता लम्साल भट्ट, लक्ष्मण भट्टराई, लगायत सिमपानी टिमले कृष्ण परियारलाई उक्त रकम हस्तान्तरण गरेको हो । मृगौला पिडित शर्मिला परियारको उपचारका लागि साट्ठी हजार एक सय छैसठी (६०,१६६ । -) जापानी एन नेपाली रकम करिब त्रिसठी हजार (६३,०००।- ) रुपैयाँ का म न पा १६ मा रहेको सगुन क्याफेमा पिडित शर्मिला परियारका श्रीमान कृष्ण परियारलाई हस्तान्तरण गरिएको अध्यक्ष बिमल भट्टले जानकारी दिनुभयो ।

सिमपानी मिडिया ग्रुपले सहयोगको अभियानमा संकलित रकमको विवरण :
१.काँइला दाई -५०५५/- (जापान)
२.राजेन्द्र भट्ट-५०००/- सिमपानी न्यूज़ (जापान)
३.होमनाथ भट्ट -५०००/- (जापान)
४.बाबुराम सापकोटा -२०००/- ( जापान)
५.राम ढकाल -१०००/-(जापान)
७.दीपेश के सी -२०००/- ( जापान)
८.ध्रुब अधिकारी-२०००/- (जापान)
९.सुशील लुईटेल-२०००/- (जापान)
१०.आर्यन भण्डारी-३०००/- ( जापान)
११.राजेन्द्र जम्मरकट्टेल-२०००/- (जापान)
१२.प्रेम कंडेल-२०००/- (जापान)
१२.मनोज भट्ट-२०००/- ( जापान)
१३.नवराज तिवारी-२०००/-(जापान)
१४.दुर्गा प्र आचार्य -१०००/- (जापान)
१५. शंकर बञ्जारा -२०००/-(जापान)
१६.किशोर पन्त-२०००/-(जापान)।
१७.बिनोद धिताल-२०००/-(जापान)
१८.सुदीप काप्रि-२०००/-( जापान)
१९,चुडामणी भट्टराई -३०००/-(जापान)
२०.डि पि कंडेल-३०००/-(जापान)
२१.विराट वाबु -३०००/-(जापान)
२२.मनिष अमात्य-३०००/-( जापान)
२३.यदुराम सापकोटा नेपाली-११११/-
२४.रोसन के सि (जापान)-३०००/-
जम्मा ६०१६६।-
सिमपानी मिडिया ग्रुप
जापान संयोजक
राजेन्द्र भट्ट
उनका श्रीमान् ट्याक्सी चालक हुन् । मुटुमा पानी जमेर करिव १ लिटर पानी निकालेपछि हाल दुवै मृगौला फेल भएर उपचार गराउन आर्थिक अभाब रहेको थियो । शर्मिला परियारको उपचारका लागि आर्थिक अवस्था एकदम कमजोर रहेको हुदाँ सहयोगको याचना गरेका परियारले आज सहयोगी मनहरुका कारण उपचारका लागि थप आर्थिक रकम सहयोग स्वरुप जुटेको छ ।

उनको १२ बर्षका १ छोरा र १४ बर्षकी १ छोरी छन् । घरको अवस्था नाजुक भएकोले उनले आर्थिक सहयोगको अपिल गरेका हुन् । उनलाई सहयोग गर्नेको लागि कृष्ण परियारको मोबाइल न ९८४११२८९३१ मा सम्पर्क गरी आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।
साथै, सिमपानी अनलाइन मिडियाले सहकार्य गरेको हुदाँ सिमपानी अनलाइन मिडिया ग्रुपका बिमल भट्ट सम्पर्क नं. ९८४१४८९५४६ र ९८४९६९९४११ मा सम्पर्क गर्न सक्नु हुनेछ ।
विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरसको कारणले आफ्नो खाना खर्च बचाएर सहयोग गर्नु भएका सहयोगी मनप्रति कृष्ण परियारले सबैमा धन्यबाद ब्यक्त गर्नु भयो ।









































