काठमाडौं, बुधबार, ७ असोज २०७७ । यो साता सुनचाँदीको भाउ निरन्तर गिरावट आइरहेको छ । बुधबार पनि सुनचाँदीको भाउ ओरालो लागेको छ । यसदिन सुन तोलामा १२ सयले सस्तिएको छ भने चाँदी पनि तोलामा ४० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबारका लागि छापावाल सुन तोलाको ९४ हजार ३ सय कायम गरेको छ ।
हिजो मंगलबार ९५ हजार ५ सय थियो भने सोमबार ९७ हजार २ सय रुपैयाँ थियो । आइतबार भने तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुनको भाउ पनि तोलामा १२ सयले कमी आएर ९३ हजार ८ सय कायम भएको महासंघले जनाएको छ । मंगलबार ९५ हजार थियो भने सोमबार ९६ हजार ७ सय थियो ।
यस्तै चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ । महासंघले आज बुधबारका लागि चाँदीको भाउ तोलाको ११ सय ९० तोकेको छ । मंगलबार १२ सय ३० थियो भने सोमबार १३ सय २० रुपैयाँ थियो ।








































