Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:३५ बिहान
- ADVERTISEMENT -

नेपाली कांग्रेसको १४ औं महाधिबेशन, तानातानमा गगन थापा

प्रकाशित मिति: २०७७ असोज ५, सोमबार

1149
Shares

काठमाडौँ, सोमबार, ५ असोज २०७७ । नेपाली कांग्रेसको १४औं महाधिबेशनको सरगर्मी बढेसँगै जुँगाको लडाइँ थप चर्को बनेको छ ।

अहिलेसम्म काँग्रेसमा दर्जन भन्दा बढी नेताको नाम त सभापतिकै उम्मेदवारको चर्चामा छ । तर, जतिधेरै सभापति भए त्यति नै महामन्त्रीको भाउ बढेको छ । महामन्त्रीमा भाउ बढेका व्यक्ति मध्ये गगनको भाउ अली उच्च कोटीमा भएकोले उनी अली बढी तानातानमा परेका छन् ।

कांग्रेस सभापति पदका उम्मेदवारलाई गगनलाई महामन्त्रीको उम्मेदवार बनाउन पाए उनको भोटले आफ्नालाई मत बढ्ला भन्ने लागेको छ ।

हुन पनि अहिले देशभरिका कांग्ुेस समर्थक युवाले अबको पार्टी सभापति गगन, विश्वप्रकाशजस्ता युवालाई दिनुपर्छ भनेर आवाज उठाइरहेको सुनिन्छ ।

सभापतिमा उठ्ने पहिलो घोषणा विमलेन्द्र निधिले गरेका छन् । र, आफ्नो प्यानलबाट महामन्त्रीको उम्मेदवार उठिदिन पनि भनिरहेकै छन् । सभापतिमा उम्मेदवारीको घोषणा गरेका शशांकदेखि शेखर हुँदै प्रकाशमानसम्मले उनैलाई आग्रह गरिरहेका छन् । वर्तमान सभापति शेरबहादुर देउवाको त कुरै भएन, उनले झन् शुरुमै भनेका हुन् । तर, यस विषयमा गगनले कसैलाई जवाफ दिएका छैनन् ।

यसैबीच, गगनसँग सभापति शेरबहादुर देउवाले जुनसुकै काम गर्दा पनि सल्लाह लिन थालेको देउबा निकट श्रोत बताउँछ । पछिल्लो समय गठित विभिन्न विभागमा पनि देउवाले कतिपय व्यक्ति सिफारिस गर्न भनेका थिए । तर, यसले टाउको भने विश्वप्रकाशलाई दुखेको कांग्रेस स्रोतले बताएको छ । विश्वप्रकाश पनि देउवाको क्याम्पबाट महामन्त्रीका आकांक्षी हुन् ।

उता, रामचन्द्र पौडेलहरूभित्र अर्को रमाइलो छ, सभापतिमा उम्मेदवारीको विषयलाई लिएर । शशांक र शेखरले आफैँ सभापति उठ्ने तयारी गरिरहेकाले अब पौडेल गुट भन्ने नै रहने देखिन्न । त्यसैले पनि पौडेलले पछिल्लो पटक पार्टीभित्रको आन्दोलनलाई थप चर्काउन अनशन बस्ने प्रस्ताव राखेका थिए । तर, त्यसलाई कोइराला पक्षले खासै मान्यता नदिएपछि यो अवस्था अहिलेका लागि टरेको जस्तो देखिन्छ । तर, अघिल्लो राति देउवाले कुनै विभाग गठन गरे भने भोलिपल्ट पौडेलले त्यसको विरोध गरेकै हुन्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -