Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:१०:११ बिहान
- ADVERTISEMENT -

संविधानको मौलिकता र संरचनामा खलल पुग्नेगरि संशोधन गर्न हुँदैन : नेता पौडेल

प्रकाशित मिति: २०७७ असोज ३, शनिबार

1382
Shares

काठमाडौं, शनिबार, ३ असोज २०७७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ ले मुलुकको राजनीतिक प्रणालीको टुंगो लगाएकाले यसको मौलिकता र संरचनामा खलल पुग्नेगरि संशोधन गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए लगतै कांग्रेस वरिष्ठ नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् ।

संविधान दिवसका अवसरमा शनिबार शुभकामना दिंदै वरिष्ठ नेता पौडेलले संविधानको मौलिकता र संरचनामा खलल पुग्नेगरि संशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाउने अधिकार कसैलाई नभएको बताएका छन् ।

उनले नेपाली जनताले लामो संघर्षपछि र धेरै दुःख मेहनत गरेर नेपालको वर्तमान संविधानको बनेको उल्लेख गर्दै संविधानले नेपालका सबै जातजाती, भाषाभाषी संस्कृतिहरुको भावनालाई समेत संगेटेर लगभग सत्तरी वर्षपछि आएर देशमा राजनीतिक प्रणालीको टुङ्गो लगाएको बताए । पौडेलले नितान्त लोकतान्त्रिक मान्यतामा आधारित भएर बनेको वर्तमान संविधानलाई कार्यान्वयनमा ल्याएर जनतालाई न्याय र समृद्धि दिनु हामी सबैको साझा कर्तव्य भएको उल्लेख गरेका छन् ।

उनले संविधान निर्माणकै क्रममा रहेको केही सामान्य गुनासाहरुको सम्बोधन हामी सबैको सहमतिमा गर्न सकिने बताए । तर प्रणालीगत हिसाबले र संरचनात्मक हिसाबले संविधानको मौलिकतामा खलल पुर्याउने गरी सशोधन गर्दै देशलाई बारम्बार प्रयोगको थलो मात्र बनाईराख्नु नत राष्ट्र हितमा छ, नत त्यस्तो अधिकार कसैलाई भएको पौडेलको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -