काठमाडौं, शुक्रबार, २ असोज २०७७ । गायक पशुपति शर्मा, गायिका सरिता कार्की र आयुशा गौतमको स्वर रहेको “आउने कि नआउने दाई” गीतको भिडियो डिजिटल बजारमा गोरखा चौतारी म्युजिक प्रा लि ले सार्वजनिक गरेको छ ।
हिन्दुहरुको महान चाड दशै र तिहार नजिकिदै गर्दा दाजु बहिनीको भावहरुलाई गीतमा समावेश गरिएको छ ।
जिबन प्याकुरेलको लय र शब्द रहेको छ । सुरेश श्रेष्ठको छायाँकन, शिव पौडेलको सम्पादन र स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन भिडियोमा रहेको छ ।
”आउने कि नआउने दाइ” गीतको भिडियोमा सुनिल लामिछाने, करिश्मा ढकाल, आयुशा गौतम, हिरन्य पोखरेल र वसन्त पोखरेल (बिबश) को अभिनय भिडियोमा रहेको छ ।
उक्त गीतको भिडियो गोरखा चौतारी म्युजिक प्रा लि ले आफ्नै युटुव च्यानलबाट बजारमा ल्याएको छ ।








































